Today: March 26, 2019

धादिङको बसेरीमा घुम्ती शिवीर सम्पन्न,गाउँमा पाएको सुविधाले स्थानिय खुसी

१६ पुस, धादिङ

धादिङको गंगाजमुना गाउँपालिका ६ बसेरीमा सोमबार घुम्ती शिवीर सम्पन्न भएको छ । गाउँपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म शिवीर सञ्चालन भएको हो ।
विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

प्रजिअ पाण्डेका अनुसार शिवीरमा १२९ जनालाई नागरीकता वितरण गरिएको छ । जसमा महिला ९५ जना पुरुष ३४ जना र सोहि मध्येवाट ३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई नागरिकता वितरण गरेको छ । अपाङगता भएका व्यक्तिहरुलाई घरमा नै गएर नागरिकता वितरण गरेका छन् ।  शिवीरबाट नागरीकता लिनेमा अधिकांश, अशक्त जेष्ठ नागरीक र अपाङ्गता छन् ।

शिवीरबाट गंगाजमुना गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् ।विभिन्न कारणले धादिङबेसी सम्म पुगेर सेवा लिन नपाएका सर्वसाधारणको सुबिधाका लागि गाउँमै घुम्ती शिवीर आयोजना गरीएको वडाध्यक्ष भक्त लामिछानेले बताए ।
आफु गाउँबाट शहर जान नसकेको अवस्थामा गाउँमा नै आएर नागरिकता पाउदा अत्यन्त खुसी रहेको त्यहाँका स्थानियले बताएका छन् ।

२०७५ पुस १६ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट