Today: March 26, 2019

प्याब्सन धादिङको अध्यक्षमा पुनः बुढाथोकी


३० पुस, धादिङ –

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) धादिङको अध्यक्षमा पुनः गोविन्द बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् ।

आईतबार धादिङबेसीमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पुन बुढाथोकीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेका हुन् । कार्यसमितिको उपाध्यक्षमा विश्वनाथ उप्रेती, सचिवमा जयराम ढुङ्गाना, सह–सचिवमा टिका थपलिया, कोषाध्यक्षमा दिनेश भट्ट चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कल्पना सिलवाल, सङ्गिता श्रेष्ठ, आँचल श्रेष्ठ, पुस्कर पाण्डे, सञ्जीव गजुरेल, सुजन थापा, सहदेव घिमिरे चयन भएका छन् ।

२०७५ पुस ३० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट