Fri. Mar 29th, 2024

आइपिएल क्रिकेट : हैदरावादले बैंग्लोरलाई हरायो

baikak

२४ चैत, धादिङ –

साबिक विजेता सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

बुधबार बेलुका घरेलु मैदान भएको उद्घाटन खेलमा हैदरावादले गएको वर्षको उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले हराएको हो । हैदरावादले प्रस्तुत गरेको दुई सय ८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो ।

हैदरावादका आषिश नेहरा, भुवनेश्वर कुमार र रशिद खानले समान दुई दुई विकेट लिए । नेहराले आइपिएलको इतिहासमा एक सय विकेट लिइसकेका छन् । उनी आइपिएलमा सय विकेट लिने आठौं खेलाडी बेनका छन् । विराट कोहली बिना खेलेको बैंग्लोरका लागि क्रिस गेलले ३२, केदार जाधवले ३१ तथा ट्रेविस हेडले ३० रन बनाए ।

२०७३ चैत २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: