Fri. Mar 29th, 2024

हाइटीमा म्याथ्थू आँधीका कारण मर्नेको संख्या करिब आठ सय पुग्यो

haiti-stroom

२२ असोज, धादिङ –

हाइटीमा म्याथ्थू आँधीका कारण मर्नेको संख्या करिब आठ सय पुगेको छ । हइटीको नागरिक सुरक्षा एजेन्सीले मृतकको संख्या बढेको जनाएको हो ।

मंगलबार हइटीको दक्षिण पश्चिम क्षेत्र आँधी हुरीको चपेटामा परेको थियो । उक्त क्षेत्रको जेरभी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ र, हजारौं मानिस घरबारबिहीन भएका छन् ।

दक्षिणी सुबे सददमा तीसहजार घर तहसनहस भएको छ । म्याथ्थू आँधीका कारण हैटीमा राष्ट्रपति चुनाव स्थगित गरिएको छ ।

तुफानका कारण प्रभावित सहरमा समपर्क टूटेको छ । समुद्र वा हेलिकप्टरको मदतमा मात्र उक्त क्षेत्रमा पुग्न सम्भव भएको बीबीसीले जनाएको छ ।

राहतकर्मी विकटस्थानहरुमा राहत सामग्री लिएर पुग्दा सम्म मृतको संख्या बढ्ने अनुमान गरिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: