Fri. Apr 26th, 2024

धादिङ कटुन्जेका गायक गुरुङको ‘हरेक साँझ’ गीत सार्वजनिक (भिडियो सहित)

१३ बैशाख धादिङ

धादिङ कटुन्जेका गायक एबम संगीतकार बिरेन्द्र गुरुङको नयाँ गीत ‘हरेक साँझ’  सार्बजनिक भएको छ । गीतमा सुरेश सेन सिम्खडाको शब्द र राजन इशानको एरेञ्ज रहेको छ भने गीतको म्युजिक भिडियोलाई अहिलेका युवापुस्ता माझ चर्चित रहेका निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन । भिडियोमा जुना सुन्दास र अर्जुनको अभिनय हेर्न सकिन्छ ।

२०५७ मा पहिलो सांगीतिक एल्बम ुप्रित ु बजारमा ल्याएर औपचारिक रुपमा नेपाली सांगीतिक बजारमा छाएका बिरेन्द्रले त्यसपछि २०६२ मा ुरितु र २०६४ मा ुगहनु गरि ३ वटा एल्बमहरु ल्याइसकेका छन् भने धेरै गीतहरुमा संगीत पनि भरिसकेका छन् । तेश्रो एल्बम पछि बिभिन यूरोपियन देशहरु बेल्जियम ,पोर्तुगल ,फ्रान्स ,लगायतमा आफनो सांगीतिक यात्रा तय गरिसकेका बिरेन्द्र नेपालका चर्चित भिडियो निर्देशकहरु आलोक नेम्वांग ,बिजय लामासंग काम गरिसकेका छन् ।
तीन वटा सांगीतिक एल्बम र धेरै सिंगल गीत सहित करिब ४ दर्जन गीतहरु बजारमा ल्याइसकेका गायक गुरुङ छिट्टै नै पुनस् यूरोपियन देशहरुमा सांगीतिक कन्सर्टको लागि जाने तयारीमा छन् । गुरुङ गीत संगीतको अलवा राजधानीमा २ वटा होटेलहरुको व्यवस्थापकको रुपमा पनि सक्रिय छन् ।
भिडियो

२०७५ बैशाख १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: