Fri. Mar 29th, 2024

हरितालिका तिज सुरु, आज दर खाने दिन, चेलीहरु माईतीमा जम्मा हुदै

७ भदौ, धादिङ–

हिन्दु नेपाली महिलाहरुको चाड हरितालिका तिज अन्तरगत आज दर खाने दिन । हरितालिका तिज अन्तरगतको पहिलो दिन आज महिलाहरुले दर खाएर तिज मनाउन लागीरहेका छन् ।
पानी परीरहेपनि महिलाहरु तिज मान्नको लागी माईत हिड्न थालिसकेका छन् ।

तिजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दरको रुपमा खाने प्रचलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोलि निराहार व्रत बस्ने भएकाले अघिल्लो दिन दर खाने प्रचलन रहेको छ ।

घरघरमा खासगरी दूधबाट निर्माण गरिएका मिठामिठा परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरु यो दिन माछामासु वाहेक खिर, ढकने र सेलरोटी खाने गर्दछन । आज विवाहित महिलाहरु माइतीघरमा भेला भएर वा आफ्नै घरमा खीर, ढकनी, घिउ, दही, दुध लगायतका मिठा परिकार खाने गर्दछन ।

पैराणीक कथन अनुसार हिमालयकी पुत्री पावर्तीले महादेव पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मनाइदै आएको पाइन्छ । आज दर खाएर ब्रत लिनेहरु भोलि विभिन्न तिर्थस्थल, मन्दिर तथा देवालयमा गइ शिव पर्वतीको पुजा उपासना गरेर तीज सम्वन्धि गीत, भजन र चुट्का गाएर यो वर्ष मनाउछन ।

 

२०७४ भदौ ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: