Thu. Mar 28th, 2024

बहिरा विद्यार्थीलाई स्टेशनरी सामान सहयोग


२ फागुन, धादिङ –

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ मुरलीभन्ज्याङमा रहेको स्वाबलम्बी बहिरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ ।

लक्जरी होलिडे ट्रेक प्राइभेट लिमिटेडले प्रणय दिवसको अवसर पारेर प्रदान गरेको हो । विद्यालयमा रहेका ६५ जना विद्यार्थीलाई कापी, कलम, खेलकुदको सामान तथा कम्बल वितरण गरिएको म्यानेजिङ डाइरेक्टर केशव धमलाले जानकारी दिए । विद्यालयमा धादिङसहित नुवाकोट, रुकुमका बहिरा विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।

यस अघि पनि चेपाङ समूदायको बसोबास रहेको धुसा लगायतका क्षेत्रमा स्टेशनरी तथा न्यानो कपडा वितरण गरिसकेको धमलाले बताए । स्टेशनरी सामग्री पाएपछि विद्यार्थी खुसी भएका थिए ।

२०७५ फागुन २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: