Today: April 24, 2019

प्रयास नेपालद्धारा धादिङको दामेचौरमा रहेको जनभोजनालयलाई सहयोग


६ चैत, धादिङ –

जिल्ला सामाजिक विकासमा योगदान गर्दै आएको प्रयास नेपाल धादिङले आफ्नो १८ औ स्थापना दिवसको अवसरमा जनभोजनालयलाई सहयोग गरेको छ । धादिङ जिल्लाको थांक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा जनभोजनालयलाई २५ हजार सहयोग गरेको हो ।

जनभोजनालय संचालन गरि बालबालिकालाई निशुल्क सेवा दिदै आएको प्रेमसागर फाउन्डेसनलाई खाजा र खाना खुँवाउदा एकदिनमा हुने खर्च रु २५ हजार रकम खर्च हुनेमा संस्थाले स्थापना दिवसको अवसर पारेर मंगलबार थांक्रे गाउँपालिका वडा नं ५ दामेचौरमा जनभोजनालयमा नै पुरेर संस्थाका उपाध्यक्षलाई हस्तान्तरण गरिएको हो ।

प्रेमसागर फाउन्डेसनद्वारा संचालित जनभोजनलयमा मकवानपुर जिल्लाको ३ वटा माध्यमिक बिद्यालय,१ वटा आधारभुत बिद्यालय र धादिङ जिल्लाको १ वटा माध्यमिक बिद्यालय ,३ वटा आधारभुत बिद्यालयका गरि जम्मा ५सय जना छात्रछात्राहरुलाई बिहानको खाना र १ हजार ५ सय जना छात्रछात्रालाई बिद्यालयमा नै पुर्याई दिउँसोको खाजाको ब्यवस्थापन गर्दै आएको संस्थाका भोला राउतले जानकारी दिए । सहयोगी हातहरुले दिनु भएको यस्तै सहयोगले जनभोजनालय संचालन भएको पनि राउतले बताए।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सबिता अर्याल,उपाध्यक्ष रेष्टन कडेल,सचिव विर बहादुर श्रेष्ठ,कार्यकारी निर्देशक दामोदर अर्याल लयायत कार्यसमितिका पदाधिकारी,कर्मचारीहरुको सहभागीता रहेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिए ।

२०७५ चैत ६ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट