Thu. Mar 28th, 2024

हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणमा प्रदेश सरकारको दाबी

२ जेठ, काठमाडौं

हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले पनि चासो देखाएको छ ।

निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्गलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अघि बढाउन चाहेको बताए । उनले भने, प्रदेशसभाले ल्याउने बजेटमा हाम्रो तर्फबाट कुलेखानी-काठमाडौं सुरुङमार्ग उच्च प्राथमिकतामा रहन्छ । मेरै पालामा यसले पूर्णता पाउँछ ।’

तर, प्रदेश सरकारले चाहँदैमा सुरुङमार्ग निर्माण अगाडि बढाउन सक्ने अवस्था छैन ।

सुरुङमार्ग निर्माणका लागि निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले अनुमति पाएको छ । शुरुको सम्झौताअनुसार उक्त सुरुङमार्गमा जनवरी २०१७ देखि नै सवारी साधन सञ्चालन भइसक्नुपर्थ्यो ।

तर, सिन्को समेत भाँचेको छैन । कम्पनीले सर्वसाधारणसँग उठाएको संस्थापक सेयरवापतको ३१ करोड ७६ लाखको ठूलो हिस्सा प्रशासनिक खर्चमै सक्न लागेको छ । अब कम्पनी सुरुङमार्ग निर्माणका लागि आर्थिक स्रोत जुटाउन सक्ने अवस्था छैन ।

२०७५ जेठ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: