Today: April 24, 2019

होली पर्व धादिङमा पनि हर्षोल्लासपूर्वक मनाइँदै


६ चैत, धादिङ –

हिमाली र पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।

विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुल्क पूर्णिमाको दिन मनाइन्छ । शुल्क पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा चीर ठड्याएपछि होली सुरु भएको मानिन्छ । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर होली पूर्णिमाको भोलिपल्ट जलाइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ ।

होलीको अवसरमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् ।

धादिङको अत्याधुनिक सुविधा सहित संचालनको तयारीमा रहेको धादिङ क्रिक रिसोर्टले म्यूजिक कन्सर्ट सहित होली पर्व मनाउने तयारी गरेको छ । नेपाली युवा पुस्तामा अत्याधिक रुचाईएका डीजे सिमोन सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

२०७५ चैत ६ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट