Thu. Mar 28th, 2024

रुवीभ्यालीमा हराएका ताइवानी पर्यटक फेला

taiwani-jodi
१३ बैशाख,  धादिङ –

उत्तरी धादिङको रुवीभ्यालीमा घुम्न आएर ताइवानी पर्यटक करीब २ महिना पछि फेला परेको छ ।

गत फागुन २६ गतेदेखि हराएका ताइवानी फोला परेका हुन् ।    उद्धारकर्ताले युवतीलाई मृत अवस्थामा र युवकलाई जिउँदै फेला पारेका हुन् ।

काठमाडौंस्थित एसियन ट्रेकिङ प्रा.लि.मार्फत सदरमुकाम हुँदै फागुन २५ गतेसम्म ३ दिन तिप्लिङ्गको लवदुङ्गमा होमस्टेमा बास बसेका ताईवानका १९ वर्षीया युवती लिउ चेन चुन र लियाङ्ग शेङ्ग यु गत महिनाको २६ गतेदेखि रसुवा आउने पदमार्ग पाङ्गसाङ्गबाट बेपत्ता भएका थिए । उनीहरु रुवीभ्याली हुँदै लाङटाङ जान चलनचल्तीको उक्त पदमार्ग प्रयोग गरेका हुन् ।

फागुन २६ गतेदेखि लगातारको हिमपातले २२ सय मिटरसम्म जिल्लाका तिप्लिङ्ग लगायतका उत्तरी बस्तीमा भारी हिमपात भएको थियो । पाङ्गसाङ्ग पासबाट नारचेत खर्क हुँदै करिब १२ किमि पर होटलहरु भएको सानो सोमदाङ्ग बस्ती झर्न खोज्दा उनीहरु हिउँमै त्याङ्ग्रोभीरबाट चिप्लेर खाल्टोमा फसेका थिए । उनीहरु करिव २ सय मिटर तल हिउँमै चिप्लेर पहरा छाँगामा फसेका थिए ।

२०७४ बैशाख १३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: