Today: March 26, 2019

हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

२६ पुस, काठमाडौं

नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।

२०७५ पुस २६ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट