Thu. Mar 28th, 2024

आज इङल्याण्ड र बेल्जियम बिच खेल हुँदै

३० असार, रसिया

रसियामा जारी फिफा विश्वकप फुटबल अन्तरगत तेस्रो स्थानका लागि आज बेल्जियम र इङल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार आज राती पौने ८ बजे सेन्ट पिटरर्सवर्ग रंगशालामा यी दुईबीचको खेल हुनेछ ।

लिगचरणमा समूह ‘जी’ मा रहेका यी दुई टोली नकआउट चरणमा प्रवेश गरेका थिए । समूह चरणको खेलमा बेल्जियमले इङल्याण्डलाई १–० गोल अन्तरले पराजित गरेको थियो । यी दुईबीचको खेलले आलोचना समेत खेपेको थियो । समूहको विजेता टिम कठिनमा समूहमा पर्ने र उपविजेता सहज समूहमा पर्ने भन्दै दुवै टिम हार्ने मनिस्थितिमा खेलेका थिए । सो खेलमा बेल्जियम भन्दा सबैभन्दा धेरै इङल्याण्ड नै हार्ने व्यहोर्ने तरिकाले खेलेको थियो ।

समूह विजेता बनेको बेल्जियम ब्राजिल, मेक्सिको र जापान भएको समूहमा परेको थियो भने इङल्याण्ड भने स्वीडेन, कोलम्बिया र स्वीजरल्याण्डको समूहमा परेको थियो । फाईनल पुग्न सहज हुने लक्ष्य बनाएको इङल्याण्ड अन्ततः क्रोशियासंग पराजित हुँदै सेमिफाईनलबाट घर फर्कन बाध्य भयो । तर बेल्जियमले भने पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै सनसनीपूर्ण खेल प्रदर्शन गर्‍यो ।

सेमिफाईनलमा बेल्जियम भने फ्रान्ससंग १–० ले पराजित हुन पुग्यो । समूह चरणको खेलमा हार्ने मनिस्थितिले खेलका यी दुई टिमबीचको आजको खेल भने हेर्न लायक हुनेछ ।

२०७५ असार ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: