Fri. Mar 29th, 2024

ढुक्क हुनुहोस् जनतासँग गरेको बाचा पुरा गछौँ : मेयर ढुङगाना (भिडीयो सहित)

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । जनताका समस्या र चाहनालाई पूरा गर्ने प्रतिबद्धता लिएर चुनावमा होमिएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताका माग र आवश्यकता परिपूर्तिका लागि लागि परेका छन् । धादिङको सदरमुकाममा पर्ने नीलकण्ठ नगरपालिकाले पनि नगरबासीका माग र आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न कार्यहरु गरिरेहका छन् । स्मार्टसिटिको परिकल्पना गरेको नगरपालिकाको कोरिडोर निर्माण, फोहोरमैला व्यवस्थापन, भ्यूटावर निर्माण, रिङरोड निर्माण लगायतका कार्यको थालनी गरेको छ । एकवर्षको अवधिमा जनताका चाहनालाई केही हदसम्म पूरा गरेको नगरपालिकाको भनाई छ । अहिलेसम्म गरेका कार्य र आगामी योजनाका बारेमा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङगानासँग पाविल न्युज डट कमले गरेको कुराकानीको सारसंक्षेप

स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ, चुनाव अघि गरेका प्रतिबद्धताका अनुसार विगतका वर्ष कस्तो रह्यो ?

हामीले नीलकण्ठ नगरपालिका भित्र धेरै काम थालिसकेका छौ । ‘मेरो नीलकण्ठ मेरो मोवाईल’ एप्स संचालन गरेका छौ । भर्खरै ‘नीलकण्ठ दर्पण’ सार्वजनिक गरेका छौ । नीलकण्ठ नगरपालिकालाई सफा सुन्दर समृद्धि बनाउनको लागि हामीले प्रतिबद्धतापत्र तयार गरेका छौ । हामीले सम्पुर्ण नगरवासीलाई भनेका छौ कि त्यो परिपत्र सिरानी हालेर राख्नुहोस् यदि हामी निर्वाचि भयौ भने देखी यी कामहरु गर्नेछौ भनेर भनेका छौ । र यो प्रतिवद्धता पुरा गर्नको लागि हामीकले कार्य थालनी गरिसकेका छौ ।

नगरपालिकाको विकासका लागि कस्ता कस्ता योजना बनाउनुभएको छ ?

विशेषत नीलकण्ठ नगरपालिकाको १० वर्षीय कार्ययोजना बनाईसकेका छौ । यस आर्थिक वर्ष २०७५÷०७६ को बजेट विनियोजन गर्दा पनि विभिन्न कार्यविधि बनाएर बजेट विनियोज गरेका छौ । अन्य नगरपालिका भन्दा हामीले यस नगरपालिकामा बढि काम गरेका छौ । हामीले खानेपानीको योजनाहरु निर्माण गरेका छौ । बजारमा ढलको अव्यवस्थित थियो अहिले हामीले ढलको व्यवस्थापान गरेका छौ ।
कर्मचारीको जिम्मा हामीलाई दियो भने हामी आफै कर्मचारीको व्यवस्था गरेर काम गर्न सक्थ्यौ र चाहेजति जनतालाई सेवा सुविधा दिने थियौ । पर्यटकिय दृष्टीले हेर्नुपर्दा हामीले दुई ठाउँमा भ्यु टावर निर्माण गर्न लागेका छौ । जुरेथुमको भ्यु टावर पहिलो वर्ष नै हामीले काम थालिसकेका छौ । त्यहाँ जग्गा किनेर नगरपालिकाले आफ्नो रिसोर्ट बनाउने र निलकण्ठ ९ को हटिएमा हामीले भ्यु टावर निर्माण गर्ने भनेर शिलान्यास पनि गरिसकेका छौ । अरु पर्यटकिय स्थल चमेरे गुफा, भैरवी मन्दिरहरुलाई पनि राम्रो बनाउन तिर लागेका छौ ।
नगरपालिकाको आफ्नो भवन छैन अरुको घरमा भाडा तिरेर बसिराखेका छौ यसकारण पनि हामीले नगरवासीलाई हामीले राम्रोसंग सेवा सुविधा दिन सकेका छैनौ । यसरी १ वर्षको अवधिमा नीलकण्ठ नगरपालिकाको हैसियतले हामीले काम अगाडी बढाईरहेका छौ ।

नगरभित्र बन्ने भनिएको कोरिडोरको कार्य के भइरहेको छ ?

हामीलाई अत्यन्त आवश्यक्ता रहेको भनेको कोरिडोर निर्माण हामीले सुरुवात गरेका छौ । आगामी आर्थिक वर्षको लागि कोरीडोरको निम्ति एक करोड रुपयाँ छुट्टाएका छौ । नगरपालिकाको सिरानबजारमा पक्की पुल निर्माण गरेका छौ । नगरपालिकाको गौरवको योजना भनेको रिङ रोड सिलन्यास भईसकेको छ । यसले नगरपालिका भित्रका १० नम्वर वडा बाहेक सवै वडालाई समेटेको छ । वुढिगण्डकीको कोरीडोर निर्माण हुने भएकोले हामीले १० नम्वर वडामा समेटेका छैनौ । अर्को हामीले स्मार्ट सिटीको निर्माण गर्न भनेका छौ । हामीले १४ वटा वडामा नै ईन्टरनेट पु¥याईसकेका छौ । ७ वटा वडामा मात्र कार्यलय थियो अहिले १४ वडामा नै कार्यलय स्थापना गरेका छौ । हामीकहाँ दरबन्दी व्यवस्था थिएन, एउटा आइटि अफिसरलाई मात्र नगरपालिकाले राख्न पाउने व्यवस्था थियो । अरु केन्द्रवाट कर्मचारी समायोजन गरेर पाठाउछु भन्यो आजको दिन सम्म कुनै कर्मचारीहरु आएका छैनन् ।

 जनताले प्रत्यक्ष अनुभुति गर्ने भनेको बसपार्क र डम्पिङ साईड रहेका छन् पछिल्लो समयमा यसको काम कस्तो भईरहेको छ ?

मैले गरेका प्रतिबद्धताहरु ५ वर्षमा ८० प्रतिशत काम गर्ने उदेश्य छ । हामीले बसपार्क र डम्पिङ साईडको कुरा गर्नुपर्दा बसपार्कको कुरा गर्दा
टिडीएफसंग एग्रीमेन्ट भईसकेको छ । त्यसमा नगर विकास कोषले निर्णय गरेर प्राविधिकहरु पठाईसकेको छ । प्राविधिकहरुको करणीको कन्सलटेन्सी आएको छ । उसले रिपोर्ट बनाएर पनि वुझाईसकेको छ । धादिङबेसीबाट ५०० मिटर टाढा बनाउने योजना भईसकेको छ । त्यो प्रोजेक्ट फाईनल हुने बित्तिकै हामी बसपार्कको काम अगाडी बढाउँनेछौ । फोहारमैलाको लागि ढलको व्यवस्थापनका लाििग डिपीआर तयार भईसकेको छ । यो आर्थिक वर्षमा केन्द्रिय क्षेत्रको बजेट आउने तयारीमा छ । अर्को खानेपानीको आयोजना हामीले गरिराखेका छौ । पुराना पाईपहरु फेरेर नयाँ पाईप फेर्ने तयारीमा छौँ । फोहोर व्यवस्थापनको लागि हिजो भन्दा आज अझै व्यवस्थापन हुदै गएको छ । फोहोरवाट उर्जा निकाल्ने र त्यसवाट ग्यास निकाल्ने योजनामा छौ । त्यसवाट निस्केका ग्यासहरु क्यापिसीटीको आधारमा नगरवासीलाई प्रदान गर्नेछौ ।

नगरपालिका भित्र सार्वजनिक जग्गा अतिक्रमण भएका घर टहरा भत्काउने अभियान थाल्नुभयो, यो काम अहिले रोकिएको छ यो रोकिनुको प्रमुख कारण के हो ?

हामीले कोरीडोरको काम थोपल खोला किनारवाट बनाउने भनेर योजना निर्माण गरेका छौँ । बजारमा पार्किङको व्यवस्था नभएकोले पुछारबजारवाट खनेका छौ । वसपार्कमा गएर वस ट्रक बस्ने अवस्था थिएन । दशै भन्दा पछि यसको काम सुरु हुन्छ, प्राविधिक, काम उपभोक्ता समिति गठन लगायतका सबै काम कात्तिक महिनाभित्रमा सक्काउने र त्यसपछि काम सुरु गर्छौ र कोरीडोर निर्माण गर्नेछौँ ।

 नगरपालिकाको तेस्रो नगरसभा र दोस्रो बजेट सभा सम्पन्न भईसकेको छ , जनता घरघरमा प्रत्यक्ष रुपमा पुग्ने आधारभुत कार्यक्रमहरु के के हुन् ? कस्ता ठाउँमा बजेट छुट्टाउनुभएको छ ?

हामीले कृषकहरुको निमित्त एक लाख बिमा कार्यक्रम राखेका छौ, नगरपालिकाले ८५ प्रतिशत सहयोग गरेको छ । मेयर उद्यमशिल कार्यक्रम भनेर १४ वटा वडामा करौडौको कार्यक्रम राखेका छौ । नगरभित्रको १४ वटै वडामा खानेपानी ल्याउने काम गरेका छौ ।
ड्ड नगरपालिकाले वडा नम्वर ८ मा वधशाला निर्माण गरेको छ यसको निर्माणको क्रममा केहि वैद्यानिक प्रक्रियाहरु पुरा नगरेको भन्ने आरोप छ नि ?
खोलाको छेउमा राँगा भैसी काटेका छन् त्यसले गर्दा बजार दुषित भएको छ । नगरपालिकालाई सफा बनाउनको निम्ती हामीले वद्यशाला निर्माण गरेका हौ । यसमा नगरपालिकाले २८ लाख हालेको छ हामीले स्मार्ट सिटीको लागि पाईला चालेका हौ, यसमा हामीले कुनै आफ्नो मान्छे भनेका छैनौ ।

२०७५ साउन २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: