Fri. Mar 29th, 2024

आइपिएल क्रिकेटमा कोलकत्ता शीर्ष स्थानमा उक्लियो

ipl
१ बैशाख,  धादिङ  –

इण्डियन प्रिमिएर लिग ९आइपिएल० क्रिकेटमा कोलकत्ता नाइड राइडर्सले किंग्स इलाभेन पन्जावलाई ८ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य कोलकत्ताले १६ ओभर तीन बलमा दुई विकेट जाँदा भेट्टाएको हो ।

कप्तान गौतम गाम्भिरले ४९ बलमा ७२ रन बनाउँदै कोलकत्तालाई जीत दिलाए । गाम्भिरको आइपिएलमा यो ३३ औँ अर्धसतक हो । जितसँगै कोलकत्ता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस्तै सुनिल नारायनले १८ बलमा ३७ रन बनाए । रविन उथप्पाले १६ बलमा २६ रन साथै मनिष पाण्डेले १६ बलमा २५ रन बनाए । पञ्जावका बरुन आरोन र अक्सर पटेलले एक एक विकेट लिएका थिए ।

इडेन गार्डेन्सको मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारीत २० ओभरमा ९ विकेट जाँदा १ सय ७० रन बनाएको थियो । पञ्जावका हसिम अमलाले २७ बलमा २५ रन, मनन भोराले १९ बलमा २८ रन, ग्लेन म्याक्सवेलले १४ बलमा २५ रन, डेभिड मिलरले १९ बलमा २८ रन, हृद्धिमन शाहले १७ बलमा २५ रन बनाएका थिए । कोलकत्ताका उमेश यादवले चार, क्रिक्स वेक्सले दुई साथै सुनिल नारायन, पियुश चावला र कोलिन डे ग्यान्डहोमले एक एक विकेट लिए ।

२०७४ बैशाख १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: