Tue. Mar 19th, 2024

युरोकप छनोट :स्पेन र इटालीको जित


१० चैत, धादिङ –

युरोकप छनोट अन्तर्गत स्पेनले नर्वेलाई हराएको छ भने इटलीले फिनल्याण्डलाई पाखा लगाएको छ ।

डासीया एरिनामा भएको खेलमा इटलीले फिनल्याण्डलाई दुई शून्यले हरायो । एकतर्फी जस्तो बनेको खेलको सातौं मिनेटमा नै इटलीले अग्रता बनायो । उसका लागि बारेलाले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटलीले ७४ औं मिनेटमा दोस्रो गोल गर्‍यो । उसका लागि कीनले गोल गर्दै टिमलाई दुई शून्यले अगाडि राखे ।

त्यसपछि फिनल्याण्ड खेलमा फर्कन सकेन भने इटलीले केही मौका सिर्जना गरेको थियो सफल भएन ।

अर्को खेलमा पूर्व च्याम्पियन स्पेनले नर्वेलाई दुई–एक गोलले हरायो । स्पेनको भ्यालेन्सियामा भएको खेलको १६ औं मिनेटमा नै रोद्रिगोले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेन विरुद्ध ६५ औं मिनेटमा जे किङले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

तर त्यसको ६ मिनेटपछि फेरि स्पेनले अग्रता लियो । नर्वेले फल गरेपछि पाएको पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गरे । त्यसपछि दुबै टिमबाट गोल भएन र स्पेनले तीन अंक बटुल्यो ।

२०७५ चैत १० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: