Today: October 23, 2018

आईपीएलः हैदरावाद ९ विकेटले विजयी

२८ वैशाख, धादिङ –

इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराएको छ ।

टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले रिसभ पन्तको शतकको मद्दतमा १८७ रनको योगफल तयार पारेको थियो । रिसभले ६३ बलमा १५ चौका र ७ छक्काको मद्दतमा १२८ रन बनाएका थिए । तर हार टार्न सकेनन् ।

१८८ रनको विजय लक्ष्य पछ्याएको हैदरावादले १८ ओभर ५ बलमा १ विकेटको क्षतिमा १९१ रन बनाएर जित हासिल गर्‍यो । हैदरावादका शिखर धवन ९२ र केन विलियम्सन ८३ रनमा नटआउट रहे । हैदरावादले १५ रन बनाउँदा पहिलो विकेट एलेक्स हेल्स आउट भए । उनलाई व्यक्तिगत १४ रनमा हर्षल पटेलले आउट गरे ।

त्यसपछि कप्तान केन विलियम्सन र शिखर धवनले १७६ रनको साझेदारी गरे । धवन प्लेयर अफ दि म्याच भए । यस जितका साथ हैदरावादले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । तर, दिल्ली भने प्लेअफबाट बाहिरिएको छ ।

२०७५ बैशाख २८ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट