Fri. Mar 29th, 2024

वर्षाले धादिङमा चार करोड ८५ लाख ईट्टामा नोक्सानी


सरिता श्रेष्ठ / २९ माघ,  धादिङ –

बर्षाले धादिङ जिल्लामा चार करोड ८५ लाख ३० वटा भन्दा बढीको काँच्चो ईट्टामा क्षति पुगेको छ । एकसाता अघिदेखि परेको बर्षाले जिल्लाका विभिन्न ठाउँमा रहेका ईट्टामा क्षति पुगेको छ । ईट्टा उद्योगबाट करीब २३ करोडको नोक्सान भएको धादिङ इट्टा व्यावसायी संघका अध्यक्ष एकराज गजुरेलले जानकारी दिए ।

लगातारको वर्षाले गर्दा ईट्टा बनाएर राखेका ठाँउहरु पानी जमेको छ । पकाउनका लागि तयारी अवस्थामा राखिएका ईट्टाहरु काम नै नलाग्ने भएर बिग्रएपछि उद्योग संञ्चालकहरु चिन्त्तामा रहेको अध्यक्ष गजुरेलले जानकारी दिए ।

मंसिर महिनादेखि बैशाख महिनासम्म इट्टा उत्पादनको समय हो । बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ । तर, यसबर्ष सिजनकै मध्यभाग माघको अन्तिमतिर परेको बर्षाका कारण करोडौं इट्टा गलेर नष्ट भएको गजुरेलले बताए । ‘सिजनको मध्य भाग माघ अन्तिमतिर परेको बर्षाका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको छ’, अध्यक्ष गजुरेलले भने, ‘यसले यस बर्ष धादिङमा इट्टाँ उत्पादन कम हुने निश्चित भएको छ ।’

महङगो ब्याजमा बैकसंग ऋण लिएर उद्योग खालेको र सामान जति सबै बर्षाका कारण बिग्रिएपछि अब बैकको ऋण समेत कसरी तिर्ने भन्ने समस्यामा परेको उद्योगीहरुको भनाई छ । हिउँदे बर्षाले खुल्ला आकाशमुनि राखिएका काँचो इट्टाहरुमा क्षति पु¥याएको यति धादिङको थाक्रे गाउँपालिका वढा नं ८ मा रहेका टायल एण्ड ब्रिक इण्डष्ट्रिज प्रालिका संचालक माधव गजुरेलले बताए । ‘पोल्नका लागि ठिक्क पारिएको १५ लाख इट्टामा क्षति पुगेको छ’, संचालक गजुरेलले भने, ‘इट्टा जति सबै माटो जस्तै बनेको छ, यसबाट ६० लाख भन्दा बढी क्षति भएको छ ।’

धादिङ जिल्लाभर ३७ वटा इट्टा उद्योगहरु संचालनमा रहेका छन् । राजधानीसँग जोडिएको धुनीबेसी नगरपालिकामा मात्रै २८ वटा इट्टा उद्योग छन् । थाक्रे गाउँपालिकामा ५ वटा, गजुरी गाउँपालिकामा र नीलकण्ठ नगरपालिकामा एक/एक वटा र दुई वटा दर्ता नभएका चाइनिज इट्टा उद्योग छन् । जिल्लामा वि.स. २०६७ सालदेखि ईट्टा उद्योगको सचालन भएको थियोे । पछिल्लो समय काठमाण्डौको बजारको लागि नजिकै र भुकम्पबाट ध्वस्त भएका पुर्नसंरचना निर्माणको लागि बजारमा इट्टाको माग एक्कासी बढेपछि उद्योगको संख्या पनि बढेको हो ।

२०७५ माघ २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: