७ कात्तिक, धादिङ- दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरी अग्निजन्य प्रकोप व्यवस्थापन गर्ने उद्देश्यले “अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह हिजोदेखि शुरु भएको छ ।
सामान्य सावधानी अपनाए आगलागीको सम्भावित ठूलो क्षतिबाट बच्न सकिन्छ भन्ने चेतना जगाउन सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए ।
तिहार बत्तीसँग सम्बन्धित पर्व भएको र त्यसबाट मानवीय र अन्य भौतिक क्षतिसमेत हुने भएकाले सावधानीका लागि सहरवासीलाई सचेत गराउन पहिलोपटक यसप्रकारको सप्ताह मनाएको कार्यकारी अधिकृत तामाङको भनाइ छ ।
सावधानीका लागि सहरवासीलाई सचेत गराउन पहिलोपटक यसप्रकारको सप्ताह मनाएको कार्यकारी अधिकृत तामाङको भनाइ छ ।
About The Author
Loading...