Fri. Mar 29th, 2024

गाउँ सरकार प्रभावकारी बनाउन धादिङका जनप्रतिनिधिलार्इ प्रशिक्षण

८ जेठ, धादिङ –

संघिय संरचना अनुसार जनतालाइ प्रदान गरिने सेवा प्रवाह गाउँ गाउँबाट सुरु भइसकेको छ । तर पनि निर्वाचित भएर आएका जनप्रतिनिधिहरु जनतालाइ कसरी सेवा प्रवाह गर्ने भन्ने विषयमा अल्मलिरहेका बेला धादिङ जिल्ला अन्तरगतका सवै पालिकाका जनप्रतिनिधिहरुलाइ कसरी गाउँ तथा वडा सरकार संचालन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको छ । जिल्ला समन्वय समितिले सवै गाउँपालिका र नगरपालिकामा पुगेर निर्वाचित सवै जनप्रतिनिधिहरुको लागि प्रशिक्षणको ब्यवस्था मिलाएको हो ।

सरकारले जनप्रतिनिधिहरु निर्वाचित भएको ५ महिनापछि अर्थात ०७४ असोज २९ गतेमात्रै स्थानीय सरकार संचालन ऐन जारी गरेको थियो । निर्वाचित भएको ५ महिनापछि जारी भएको ऐनमा भएका ब्यवस्था र कामकर्तब्यबारे पनि जनप्रतिनिधिहरुलाइ जानकारी नभएकाले वडा सदस्यमा निर्वाचित भएकाहरु समेतका लागि भनेर प्रशिक्षणको ब्यवस्था मिलाइएको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत विनोद अर्यालले बताए ।

प्रशिक्षणमा वडा समितिका काम कर्तब्य अधिकार, सिफारिस गर्न पाउने क्षेत्रहरु, योजना तर्जूमाको प्रक्रिया र चरणहरु, बजेट विनियोजन कार्यन्वयन र अनुगमनका विषयहरु, नेतृत्व विकास, सकारात्मक सोच, आयोजना कार्यनवयन, उपभोक्त समितिको गठन तथा परिचालन, संघिय संरचनाको तहगत ब्यवस्था तथा समग्र विकास र निर्माणमा वडा समितिको काम कर्तब्यबारे प्रशिक्षण दिइएको छ ।

प्रशिक्षण कार्यक्रम उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाबाट सुरु गरिएको छ । प्रशिक्षकको रुपमा रहेका जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत अर्यालले भने, ‘रुवीभ्याली गाउँपालिका र खनियावास गाउँपालिका सवै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ प्रशिक्षण दिइसकियो ।’ मंगलवारबाट ३ दिनको लागि नेत्रावती गाउँपालिकाका जनप्रतिनिधिहरुको लागि प्रशिक्षण राखिएको छ ।

सवै पालिकामा प्रशिक्षण दिनको लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट प्रशिक्षण तालिम लिएका स्रोतब्यक्ति अमर सिंह अधिकारी मुख्य प्रशिक्षकको रुपमा रहेका छन । यो प्रशिक्षण क्रमिक रुपमा जिल्लाका सवै गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरुको लगि संचालन गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

२०७४ जेठ ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: