Today: April 24, 2019

धादिङमा मनाइयो जनयुद्ध दिवस


१ फागुन, धादिङ –

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले धादिङमा बुधवार धादिङबेसीकम जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम मनाएको छ ।

पार्टी कार्यालय पुछारवजामा विशेष कार्यक्रमका बीच नेकपा धादिङले जनयुद्ध दिवस तथा जनआन्दोलनका शहिदहरु प्रति श्रद्धान्जली कार्यक्रम मनाएको हो । कार्यक्रममा नेकपाका जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

धादिङ क्षेत्र नम्बर १ का सांसद एवम नेकपाका जिल्ला सचिवालय सदस्य भुमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम धादिङ क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनी, प्रदेश नम्बर ३ का आन्तरिक मामिला मन्त्री एवम नेकपाका केन्द्रिय सदस्य शालिकराम जमकट्टेल, ३ नम्बर प्रदेश कमिटिका सदस्य सांसद डाक्टर रामकुमार अधिकारी, प्रदेश कमिटीका सदस्यहरु जगन्नाथ नेपाल, गुरुप्रसाद वुर्लाकोटी,रामवहादुर भण्डारी लगायतले तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो। तर, माओवादी र तत्कालीन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा नेकपा अल्मलिएको थियो।

तत्कालीन माओवादी जनयुद्ध दिवस मनाउने पक्षमा थिए भने तत्कालीन एमाले उक्त दिवस नमनाउने पक्षमा थियो। गत वर्ष दुई पार्टीबीच एकता भएको थिएन। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले पेरिसडाँडामा रहेको शहीद स्तम्भमा माल्यार्पण गरेका थिए।

२०७५ फागुन १ गते प्रकाशित

Displaying 1 Comments
Have Your Say
  1. […] post धादिङमा मनाइयो जनयुद्ध दिवस appeared first on Pabil […]

Leave a comment


Loading...

ताजा अपडेट