Tue. Mar 19th, 2024

धादिङका साहित्यकार स्व. डिल्लीरमण शर्मा अर्यालको जन्मजयन्ती मनाईयो


९ चैत, धादिङ –

धादिङका साहित्यकार स्वर्गीय डिल्लीरमण शर्मा अर्यालको ८८ औँ जन्मजयन्ती मनाइएको छ । धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

स्व. अर्यालका जीवनसङगीनी सीता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धादिङ तथा धादिङबाहिरबाट आएका साहित्यकारहरुले साहित्यकार स्व. अर्यालको साहित्यिक जीवनीको चर्चा गरेका थिए ।

वि. सं. १९८८ साल चैत्र ८ गते सिद्धलेक गाउँपालिकास्थित नलाङमा जन्मिएका स्व. अर्यालका गङ्गाजमुना, धादिङ मण्डल परिचय, नेपाल दर्शन, मेलम्चीको तिर्खा, जनआन्दोलन, श्रीरङ्गस्तुति, वेदनिधि, थोपल, गुरुदक्षिणा लगायत दर्जनौ काव्य कृति, निबन्ध, व्याकरण लगायतका कृति प्रकाशित छन् ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा अर्याल परिवारको सहआयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।

२०७५ चैत ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: