Thu. Mar 28th, 2024

जहाँ कैदीहरु घर जान भन्दा जेल बस्न मन पराउँछन्

jell
३ माघ, टोकियो – 

हरेक दिन एकै प्रकारको दिनचर्या, बिहान पौने ७ बजे उठ्नु, २० मिनेटपछि नास्ता गर्नु र फेरि ८ बजे कामका लागि रिपोर्ट गर्नु । यो कुनै तलबी कर्मचारीको नभई जेलमा बस्ने वृद्ध कैदीहरुको दिनचर्या हो ।

टोकियोको फुचु जेलमा कैद ८० वर्षका यी कैदीले नाम नबताउने शर्तमा भन्छन्, भलै यो जेल हो, तर यहाँ निश्चितता छ । मलाई यहाँबाट जानै मन छैन । चोरीका आरोपमा जेल सजाय भोगिरहेका यी कैदीले भने, ‘मलाई यहाँबाट गएपछि मेरो जीवन कस्तो हुन्छ भन्ने थाहा छैन । यहाँबाट निस्किएपछि म आफ्नो स्वास्थ्य र आर्थिक स्थितिलाई लिएर चिन्तित छु ।’ जापानका जेलहरुमा बुद्धहरुको संख्या बढ्दा कुनै नर्सिङ होम जस्ता देखिन थालेका छन् । अधिक कैदीहरु चोरीजस्ता साना ठूला अपराधमा जेल जीवन बिताइरहेका छन् ।

जापानका कानुन मन्त्रालयका अधिकारी शिनसुके निशिखोकाले भने, ‘यो समस्या भएको छ कि जेल अधिकारीको काम नर्सिङ केयर समान बनेको छ ।’ जापानका सबैभन्दा ठूलो पुरुष सुधार गृह फुचु जेलका अधिकारीले कुनै कैदीको डाइपर फेरिदिनु पर्दछ र नुहाउन समेत सहयोग गर्नुपर्छ ।

निशिओकाले भने, ‘वृद्ध कैदीको कुरा सुन्दा सुन्दा दिक्क नै लाग्छ ।’ सन् २०१३ मा आएको एक प्रतिवेदनका अनुसार वृद्धले गर्ने अपराध बढ्नुमा आर्थिक कठिनाई, वृद्धको जनसंख्या र लालची प्रवृत्ति जिम्मेवार रहेको ठहर गरेको थियो । जापानमा कैदीहरुको जीवन भने सरल जीवन भन्दा कोसौं टाढा रहेको छ । जहाँ कामका क्रममा कुरा गर्नु त परे जाओस कैदीलाई नुहाउन सम्म प्रतिबन्ध हुन्छ । खास मौकामा आयोजित मनोरञ्जन कार्यक्रममा कैदीलाई सावधान मुद्रामा सिधा हात बाँधेर बस्न अनुमति दिइएपनि ताली बजाउने अनुमति हुँदैन ।

यस्तो भएपनि त्यहाँका कैदीहरुले त्यसमा पनि खुसी साथ बिताइरहेका हुन्छन्, किनकी बाहिरी संसारमा जीवन बिताउनुको तुलनामा जेलमा आश्रय, भोजन र स्वास्थ्योपचारको राम्रो व्यवस्था हुन्छ । फार्धम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ सोसल सर्भिसेजका सहायक प्राध्यापक टीना मासीले भने, ‘कम्तीमा उनीहरुको टाउको ओताउने र खान पाउने निश्चित हुन्छ । राजधानी दैनिकबाट

२०७३ माघ ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: