Tue. Mar 19th, 2024

कारागार धादिङबाट एसईई परीक्षा


९ चैत,  धादिङ –

जिल्ला कारागार धादिङबाट एक छात्रले परीक्षा दिएका छन् ।

मकवानपुरको थाहा नगरपालिकाको जनकल्याण मा विमा अध्ययनरत सुमन परियारले कारागारबाट एसईई परीक्षा दिएका हुन् । उनी बाल विबाहको मुद्धामा जिल्ला कारागार धादिङमा छन् ।

माध्यामिक शिक्षा (एसईई) परीक्षाको दोस्रो दिन १ सय ४१ परीक्षार्थी अनुपस्थित भएका छन् । ती मध्ये ८२ छात्रा र ४७ छात्र रहेका छन् । जिल्लाभरबाट ६ हजार ३ सय ६२ जनाले परीक्षाका लागि फारम भरेपनि सबै परीक्षार्थी सहभागी हुन नसकेका हुन् । धादिङ जिल्लाभर यस वर्ष परीक्षामा ६ सय १ सय ७६ जना विद्यार्थी सहभागी भएका छन् । नियमित तर्फ ६ हजार १ सय २८ जना र एक्जामटेड तर्फ ४८ जना परीक्षामा सहभागी भएका छन् ।

धादिङमा तोकिएको २६ वटै परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण र मर्या्दित ढङ्गले परीक्षा सञ्चालन भएको जिल्ला शिक्षा कार्यलय धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिए । धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा परीक्षा दिने क्रममा २ जना विद्यार्थी आत्तिएर बेहोस भएका थिए । यसबाहेक परीक्षामा कुनै पनि घटना नघटेको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।

२०७४ चैत ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: