Fri. Mar 29th, 2024

‘‘कम्मल ओडेर घिउ खानेहरु’’

photos

 तिलक घिमिरे ‘निर्मल’ –
शहरको एक चर्चित महिला अधिकारवादी जो खाँदा, खेल्दा, हाँस्दा, बोल्दा पढ्दा, रुँदा जतिखेर पनि उही महिला अधिकार कै बखान् गर्ने गर्छिन् । नेपालको सिष्टम नै खराब छ , महिलाहरुलाई हेर्ने पुरुषहरुको नजर नै गलत छ भन्दै जतिबेला पनि आलोचना गर्छिन् ।

मिडियामा पनि उनको राम्रो प्रभाव छ । उनलाई महिला अधिकार सम्बन्धि धेरै कुराहरुको बारेमा जानकारी छ । नारी अधिकारहरुको प्राय धारा, उपधारा, दफा, खण्ड, ऐन कानुन, नियम, नियमावली, विनियम, कार्यविधि देखि ठूला–ठूला महासन्धि, सिडो देखि बेइजिङ्ग घोषणा पत्र सबै कण्ठै छ । प्राय ठाउँमा त्यस्तै धारा, बेइजिङ्ग घोषणा सभाको कुरा गर्छिन् । धान काट्न फुर्सद नहुने र निरक्षर महिलाहरुलाई त्यो भाषण के–के न हो लाग्नु स्वभाविक नै हो ।

पानी लिन ३ घण्टा हिड्नु पर्ने महिलाहरुलाई दफा, धारा र उपधारा को कुरा अनौठो लाग्ने नै भयो प्राय धेरै मान्छे भएको ठाउँमा महिलाहरुको दुःख देखिन् भने मानिसहरुको अगाडि हिट हुन अनेक तिक्डमबाजी गर्छिन्, एकछिन रुन्छिन् पनि । वरपरका मानिसहरुलाई एकछिन आदर्शवादी भाषण छाट्छिन् । राज्य र उनलाई त्यस्तो बनाउने देखी त्यहाँ मुकदर्शक भएकाहरुलाई सत्तोसराप पनि गर्छिन् र त्यस घटनाबाट आफूलाई कसरी हिट बनाउँन सकिन्छ सोही दुष्प्रकृया आवलम्वन् गर्छिन् । अनि आफ्नै मोटरमा राखेर आफैले सञ्चालन गरेको महिला सुरक्षा पूनस्र्थापना केन्द्रमा लिएर जान्छिन् र त्यहाँ भित्र पुगेपछी सुरु हुन्छ उनको नाममा कमाउने कुकृत्य ।

नाम भजाएर राम्रै आम्दानी भित्र्याउन सफल हुन्छिन् । अनि कोहि अनुगमन गर्न आएमा तप्प आँसु नै झार्छिन् तर उनको लोलोपोतो र गोहीको आँसु अलि ध्यान दिएर हेर्ने हो भने जो कोहिले तुरुन्तै बुझ्न सक्छन् । सफा, सुग्गर खान नपाउनु, न्यानो तथा राम्रा कपडा नपाउनु, प्रसस्त अवसर नपाउनु, मैत्री वातावरण नपाउनु अनि श्रमशोषणको काम यति धेरै गर्छिन् कि भनि साध्य छैन । उनलाई राम्रोसँग थाह छ कि, कुशल शासकले दण्ड दिने बेलामा उपस्थित हुनु हुन्न तर पुरष्कृत गर्ने बेला अनिवार्य उपस्थित हुनै पर्दछ  भन्नेमा, उनिहरुलाई लगायत अन्य सरोकारवाला दातालाई थाङ्ना मै सुताएर नचाउने राम्रै सिप उनिसँग छ । प्रायलाई आदर्शवादि वक्तब्यवाजी गरेर इमोसनल ब्ल्याकमेल गर्न उनि माहिर छिन् । घरमा पनि, उनको कार्यालयमा पनि अनेकौ आदर्शवादी भाषण गर्छिन् तर व्यवहारमा सबभन्दा बढी महिला हिंसा उनै ठूला महिला अधिकारवादी भनाउदाबाटै भइरहेको देखिन्छ ।

हाम्रा समाजमा महिला अधिकारको क्षेत्रमा काम गर्ने मानिसहरु तथा सच्चा अधिकारवादी पनि नभएका होइनन् । कतिपय दिलोज्यान दिएर अधिकारका वकालत गर्नेहरु पनि छन् तर सच्चा मनले लाग्ने धेरै कम छन् । प्राय जसो नामलाई र नारालाई भ¥याङ्ग बनाउने र भजाएर दुनो सोज्याउने प्रसस्तै महान महिला अधिकारवादी छन् । अनेक नारा लाउछन्, वकालत गर्छन् , उफ्रन्छन् किनकी महिलाहरुको स्वर ठूलो हुने, राज्यले चाडो सुन्ने हुनाले यस्तो भएको हुन सक्छ । जति धेरै अधिकारवादी भएता पनि महिलाहरुको अवस्था माथि उठ्न नसक्नुको एक “लुप्त तर मूख्य कारण” यसलाई पनि मान्न सकिन्छ ।

केही दिनअघि प्रसारित एक टेलिभिजन कार्यक्रम मार्फत् जानकारीमा आयो अर्को उदाहरण – अनामनगर काठमांडौमा वसोवास गर्ने स्थायी ठेगाना सिरहा जिल्ला भएकी सीमा देवी यादव (वर्ष २४नाम परिवर्तन) को मनमा ढयाङग्रो वज्न थाल्छ जब साँझ पर्दै जान्छ । दिनभरि त उनी मानसिक यातना मात्र मनमा लिएर बस्छिन् तर रात परेपछि उनको कहाली लाग्दो पल सुरु हुन्छ । जसको अन्य कारण नभई उनकै पति परमेश्वर हुन् । हो जब रात पर्छ उनका पति हमिम अन्सारी आफ्ना जडि (कडाई) मा काम गर्ने अन्य साथिसँग आउछन् कोठामा अनि सुरु हुन्छ मादक पदार्थ सेवनको कार्यक्रम । जब मत्दै जान्छन् तब उनै सीमाले सबैसँग सुत्नै पर्छ जुन कुरामा वाध्य स्वय्म ऊनकै पतिले वनाउछन् ।

त्यो गर्न नमान्दा उनको कपाल ५०% भन्दा बढी बाँकी छैन होला भुत्लिएर । पटक–पटक यस्तो अमानविय व्यबहार नगर्न अनुनय विनय गर्दै जति नै गरे तापनि नरपशु श्रीमान्ले उनको वेदना सुन्दैन । उल्टो मुखाले हुन्छस् भन्दै झन प्रताडना दिन्छन् । पतिले त्यस्तो दुव्र्यवहार त सायद उनी सहन सक्थिन् होला तर पतिका साथिहरुलाई समेत खुसि तथा सन्तुष्ट बनाउन विवश हुँदा ३ पटक भन्दा वढि आत्महत्याको प्रयास गरिसक्दा पनि सफल नभएको भनेर बयान दिएको सुन्दा आँखा नरसाएका कमैका थिए । कारण बुझ्दै जाँदा उनी सिरहा जिल्लाकी सिमावर्ति भारतिय मूलकी रहिछिन् ।

हिन्दु जातिसमाज मा हूर्किएकी सीमाको सिरहा (नेपाल) को हमिम अन्सारीसँग माया प्रेम भएछ । सोहि प्रमले गर्दा कक्षा ७ पढ्दै गरेकी सीमा हमिमसँग भागेर आई काठमांडौमा डेरा गरि बस्दै आएको पनि ९ बर्ष भएछ । उनका पति डल्लुमा जडि पसलमा बुट्टा भर्ने घगर्ने रहेछन् । हिन्दु परिवेशमा हुर्किएकी उनलाई मुस्लिम संस्कारका रम्न साह्रै धेरै समय लागेछ । यद्यपि आफूले मन पराएर, रोजेर आएको मान्छेसँग बस्दा सारो पिंडा पनि फितलो हुँदै जाने कुरा मनन् गर्दै उनी घरवार चलाउँदै आएकी रहेछिन् । विवाहको सुरुवाती अवस्था त ठिकै भएता पनि जब उनको बच्चा भएन तब श्रीमान्बाट सास्ती खेप्न बाध्य भइछिन् ।

बालबच्चा नभए पछि श्रीमानले स्वजातिय केटि हेरी विवाह गरेछन् र उनी तर्फ २ छोरो पनि छ रहेछ । कान्छि श्रीमति सिरहामै छिन् रे । उनको पतिले यतिसम्म नरपशु व्यवहार गर्न थालेछन् कि त्यो बताउँदा बताउँदै उनी अर्धमूर्छित भइन् । यौन सम्बन्ध राख्दा पनि अत्याधिक अप्राकृतिक क्रियाकलाप गर्ने, अनिवार्य प्रत्येक दिन मुकमैथुन गर्नै पर्ने र आफ्ना सबै साथिलाई सुन्तुष्ट नपारे चक्कू तथा पन्यू तताएर डामिदिने, कपाल भुताल्ने, कुट्ने, पिट्ने जस्ता कुराहरु त लगभग दिनहुँ जस्तो नै चल्ने रहेछ । मधेसी समाजमा वाहिर निस्कनु हुन्न र आफ्ना पुरुषको कुरा वाहिर गरेमा पाप मानिनेछ र चरित्रहिन ठहरिने कु प्रथाले जरो गाडेको हुनाले यो घटना राजधानिकै मुटुमा घटिरहँदा समेत गुपचुप हुन पुगेको हो ।

उजुरी गर्ने ठाउँ कहाँ हो, के गर्नु पर्दछ । उजुरी गर्नलाई कसलाई भेट्नुपर्छ, अनि घरबाट निस्कदा लोग्नेले अव के गर्ने हुन् अनि उनको सुरक्षा कस्तो हुने हो र कसले लिने हो , त्यो सबका जानकारी नहुँदा लगभग ५ वर्षदेखि यो पिंडा सहेर बसिरहेकी सीमा १ जना छिमेकी दिदीको सहारामा राष्ट्रिय महिला आयोग (रामशाह पथ) आइपुगिन् र सोहि दिदीको सहयोगमा निवेदन दर्ता गराइन् ।नीज सिमा बसेको स्थान अनामनगरबाट राष्ट्रिय महिला आयोगको दुरी लगभग ५ मिनेटको छ । सो ५ मिनेटको दुरी पार गरेर आउन त्यो पनि राजधानीको मुटुमै बस्नेलाई त ५ वर्ष लाग्यो भने मधेसका ति दुर–दरार अनि विकट–विकट, दुर्गम, दुर्गमका बस्तीसम्म महिला अधिकारको घण्टी बज्न अझै कति लाग्ने हो ।

त्यो अझै एकिन छैन । ढोंगी अधिकारवाद फलाक्दैमा दुर–दरारका बस्तीमा अधिकारको पहुँच पुगिसकेको खोक्दै हिड्ने नियमनकारी निकाय तथा अधिकारका क्षेत्रमा जिम्मेवारी पाएका मनुवाहरुलाई सीमाको घटनाले दरै झापड हानेको छ । सीमा त एक प्रतिनिधी पात्र मात्रै छन् । हाम्रो समाजमा त्यस्ता सयौं सीमाहरु छन् जसले आजसम्म पनि त्यस्ता डर लाग्दा अत्याचार, ब्यभिचार तथा अमानविय पिंडा सहेरै बसिरहनु परेको छ ।

गत बर्षको तुलनामा यस बर्ष महिलाविरुद्ध घरेलु हिंसासम्बन्धी उजुरी तेब्बर बढेको आयोगको तथ्यांकले देखाएको छ । आयोगमा आ.व. २०७०/०७१ मा परेका कुल उजुरी मध्ये २ सय ९६ वटा घरेलु हिंसासम्वन्धी छन् । आयोगमा यसबर्ष ४ सय ५६ उजुरी परेका थिए । घरेलु हिंसामध्ये १ सय ८२ शारीरिक हिंसासम्वन्धी उजुरी परेका थिए । गत बर्ष आयोगमा परेका ५ सय ५६ हिंसाका उजुरी मध्ये ३ सय घरेलु हिंसाका थिए । नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांक अनुसार आ.व.२०७०/०७१ मा नेपालभर ६ हजार ८ सय ३५ वटा घरेलु हिंसाका उजुरी परेका थिए भने अघिल्लो वर्ष १ हजार ८ सय उजुरी परेका थिए ।

महिला आयोग र अन्य निकायबाट न्याय पाउन नसकेका घरेलु हिंसासम्वन्धी उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा पुग्ने गरेको आयोगकी प्रवक्ता मोहना अन्सारीको भनाइ छ । यस वर्ष साउन यता आयोगमा ६१ वटा घरेलु हिंसासम्वन्धी उजुरी परेका छन् । आयोगमा घरेलु हिंसासम्वन्धी छुट्टै अभिलेख छैन । प्रवक्त अन्सारीले न्याय पाउन नसकेपछि आयोग आउनेको संख्या बढ्दै गएको बताइन् ।घरेलु हिंसामध्ये पनि सबैभन्दा बढी शारीरिक ह्रिसा र मानसिक तथा आर्थिक हिंसाका उजुरी बढी पर्ने गरेका छन् । एक टेलिभिजन कार्यक्रम मार्फत् आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाईका अनुसार महिलामा हिंसाविरुद्ध चेतना बढ्दै गएकाले यस्ता उजुरी ह्वात्तै बढेका हुन् ।

‘मिडिया, सरकार सबैले हिंसाविरुद्ध चेतना फैलाएका छन्,’ अध्यक्ष हुमागाईले भनिन् । उनी भन्छिन्, ‘पहिला घरभित्रको समस्याका रुपमा लिइन्थ्यो, अहिले बल्ल हिंसाका रुपमा लिन थाले तर यस्ता उजुरी बढे पनि न्याय पाउनेको संख्या भने न्युन रहेको हुमागाई बताउँछिन् । ७५ प्रतिशत उजुरी आयोगमै समाधान गरेर पठाइने र बाँकी अदालत पठाउने गरिएको छ । आयोग, महिला तथा बालबालिका सेवा केन्द्रजस्ता निकायको न्यायीक अधिकार कम भएकाले पीडित महिलाले न्याय नपाएको उनको ठम्याइ छ । महिलाले आत्मसम्मान खोज्नु, चेतना वृद्धि र बेरोजगारीजस्ता कारणले घरेलु हिंसा बढेको हो । ‘कुनै पनि कारणले प्रभाव परेपछि परिवारमा कुनै न कुनै बहानामा हिंसा हुन्छ,’ उनको तर्क छ ।

महिला अधिकारसम्बन्धी जानकारी, चेतना, कानुन बढ्दै गएकाले घरेलु हिंसासम्बन्धी उजुरी बढ्दै गएको हो । परिवारमा पीडक र पीडितको प्रत्यक्ष सरोकार हुने भएकाले महिलामाथि हुने अन्य हिंसाको तुलनामा घरेलु हिंसा बढि हुने देखिन्छ ।राज्यले महिना हिंसा विरुद्धको १६ दिने अभियान चलाइरहेको छ । यहि १६ दिन अखबारका पाना अनि टेलिभिजनका स्क्रिनमा महिला अधिकारको क्षेत्रमा वकालत गर्ने अत्यन्तै “ठूला–ठूला” अधिकारकर्मीहरु कुर्लिरहेका देखिन्छन् । वग्रेल्ति खुलेका एफ.एम. स्टेशनहरुमा अन्तरवार्ता दिन भ्याई–नभ्याई हुन्छ । कसको धेरै नाम आउने, कसको नेतृत्वमा भएको ¥यालीमा धेरै मान्छेको सहभागिता हुने, कसको ठूलो ब्यानर हुने, कसले धेरै प्ले कार्ड बोकेर आउने होडबाजी नै चलिरहेको छ । सबै आफ्नो रवाफ देखाउनमा तल्लिन छन् ।

कसले धेरै मिडियामा कभरेज गर्न सक्यो, को बढि भन्दा बढि भाषण गर्न सक्यो उसैको समिक्षा हुदैछ । धेरै मानिसका अगाडि नारी अधिकारवादको आदर्शवादी भाषण ठोक्दै हिड्ने अनि घरमा गएर काम गर्ने सहयोगीलाई तथा अन्य हेप्न सक्नेलाई हेपेको पनि प्रष्टै देखियो । महिला पूनस्र्थापना केन्द्र खोलेर खुबै महिला अधिकारको लागि म जत्तिको ठूलो र अत्यन्तै कुशल “अधिकारवादीहरुको पनि फुस्रा भाषणमा, आदर्शवादी पाखण्डीपन देखियो ।

महिला हिंसा यसरी बढि मात्रामा दर्ता हुनुलाई प्रचार प्रसारको कारण मात्र भएको मान्न सकिने भरपर्दो प्रमाण के त ? १६ दिने अभियानमा भाषण दिदैमा यसले पुर्ण सचेतनाको काम भइसक्यो भन्ने बलियो आधार के त ? महिला हिंसा पहिला भन्दा कतै बढिरहेको पो त छैन कतै यि यस्ता सवालको अलावै समिक्षा हुनु आवश्यकता छ । मुद्दा उठान गर्नु आफैमा सकारात्मक पहल हो तर मुद्दालाई वास्तविकता सम्म पुगेर उचित न्याय दिने एक सकारात्मक कडी हो । शहर, बजार तथा ठूला ठूला कार्यशाला गोष्ठि गरेर अधिकार जनताले पाइसके भनेर फलाक्दै हिड्नेहरुले बेलैमा सचित हुनु जरुरी छ ।

‘परिवारमा महिला–पुरुषबीच असमान शक्ति सम्बन्धका कारण पीडकले हिंसा गर्ने वातावरण पाउँछ, आर्थिक स्रोतसाधनमा दुबैको समान हैसियत भए न महिलामाथि हिंसा हुन्छ, न पुरुष  माथि । खोक्रो भाषणले मात्र अब हुनेवाला केहि छैन । जसका लागि काम गर्ने हो सो सम्वन्धि कार्यक्रम लक्षित समुदाय सम्म पुग्नु पर्दछ । कतै यौन दुव्र्यवहारको घटना भयो भने “बलात्कारीलाई फाँसी दे” भनेर उफ्रदै हिड्नु भन्दा पनि त्यस अवस्थाबाट कसरी सुरक्षित रहने र सजग हुने सो सम्वन्धि सचेतना मुलक कार्यक्रम अति सिमान्तकृत समुदाय समक्ष पु¥याउनु पर्छ ।

उजुरी गर्ने निकाय उजुरीको प्रकृया, उजुरी पछिको उसको सुरक्षाको प्रत्याभुति, सामाजिक लान्छनाको विषय आदि इत्यादि प्रति रहिरहेको विद्यमान कमि कमजोरी पाटोलाई कम गराउनु पर्दछ । रोग लागेपछि उपचारमा लाखौ रकम खर्च गर्नु भन्दा रोगै लाग्नबाट बच्न बरु केहि लगानी गर्नु मनासिव ठहरिनेछ । अन्यथा १६ दिने यस्ता अभियान जति नै मनाए पनि महिला हिंसाको घटनामा कमी आउँछ भन्न सकिन्न । पुर्वतयारी, सावधानी, जानकारी एवं समस्या समाधानको उपायमा बढी नै घोत्लियौ भने मात्र यस्ता अभियान मनाएको सार्थक हुन सक्छ अन्यथा घाम अस्ताए पछि विस्कुन सुकाउनुमा कुनै र्तक देखिन्न ।

कमजोरीलाई भ¥याङ्ग बनाई आफ्नो लोकप्रियता भजाउने प्रसस्तै छद्मभेषि अधिकारकर्मीहरु हाम्रो शहर बजारमा प्रसस्तै पाइन्छन् । बाहिरी एउटा रुप हुन्छ , भित्र–भित्रै अनेक तिक्डम्बाजी भइरहेको हुन्छ । अतः कम्मल ओडेर घिउ खानेहरुले यो बुझ्नै पर्ने हुन्छ कि, कम्मल बाहिर पनि घिउको गन्ध आइरहेको हुन्छ भन्ने ।
२०७३ मंसिर २२ गते प्रकाशित

About The Author

Loading...