Fri. Mar 29th, 2024

हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो :प्रधानमन्त्री ओली

१ मंसिर, काठमाडौं

सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका दिवस मनाउन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर संकलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना दिएका छन् । उनले कर दिवसले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्न नपर्ने बताएका छन् । राज्यले उपलब्ध गराउने सेवामार्फत संकलन गरिने कर नै राज्यकोषको प्रमुख आधार पनि भएकाले हरेक असल र कर्तव्यनिष्ठ नागरिकको सेवा लिएवापत कर तिर्नुपर्ने सोच हुनुपर्ने उनको जोड छ ।

‘प्रगतिशील कर प्रणालीप्रति सकारात्मक धारणाको विकास हुन नसकेसम्म राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्न सकिँदैन । हामीले तिर्ने कर हाम्रै सेवा र सुविधाका लागि हो भन्ने कुरामा अब द्विविधा मान्नै पर्दैन,’ प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।

२०७५ मंसिर १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: