Thu. Mar 28th, 2024

धादिङमा २ करोड १५ लाख लागतमा कारागार भवन निर्माण

६ साउन,  धादिङ –

धादिङ कारागारका कैदीबन्दीहरुलाई नयाँ बन्दी गृहमा सारिएको छ ।

कारागारको नयाँ भवन निर्माण भएसँगै कारागारका २ सय १३ कैदीबन्दी नयाँ भवनमा सारिएको हो । निर्माण कार्य सुरु गरिएको ६ वर्षपछि भवन निर्माण सम्पन्न गरिएको हो । २ करोड १५ लाख ६१ हजार ४ सय ८३ रुपैयाको लागतमा भवन निर्माण गरिएको हो ।

२०६८ सालमा निर्माण कार्य सुरु गरिएको भएतापनि पटकपटक म्याद थप गरि संचालनमा ल्याएको हो । कारागारको पूरानो भवन जीर्ण हुनुका साथै कैदीको संख्या बढी भएका कारण समस्या भइरहेको थियो ।

निर्माण कार्य ढिलाई हुदाँ एक त भवन अलपत्र अवस्थामा थियो भने अर्कोतिर कैदीबन्दीको संख्या बढी भएका कारण समस्या थियो, कारागारका जेलर महेन्द्रसिंह खड्काले बताए । भवनको कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

कारागारको पुरानो घर जिर्ण हुनुका साथै क्षमता भन्दा धेरै वन्दी कैदी राख्नुपर्दा व्यवस्थापनमा कठिनाई थपिंदै गएपछि पछि नेपाल सरकारको सहयोगमा २०६८ माघबाट कारगारको नयां भवन निर्माण सुरु गरिएको थियो । अहिले रहेको कारागार भवनमा ३५ जना कैदी वन्दी राख्न सकिने क्षमता भएपनि भवनको अभावले क्षमता भन्दा चौबर कैदी बन्दी राख्नु परेको थियो । २ सय जना क्षमताको कारागारमा सुविधा सम्पन्न भान्सा कोठा र शौचालय समेत छन् ।

नयाँ भवन निर्माणसँगै करिब ४० वर्ष पुरानो जीर्ण कारागार भवनमा सजाए पाएका २ सय १३ हजा कैदीबन्दीहरु नयाँ भवनमा सरेका छन् । १८ जना महिलासँग ३ जना आश्रित बालबालिका र १ सय ९५ जना पुरुष कैदीबन्दीहरु भूकम्पपछि कारागारभित्रै निर्माण गरिएको जस्ताको टहरा र चर्केका भित्तामुनी रात बिताउँदै आएका थिए ।

 

२०७४ साउन ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: