Fri. Apr 26th, 2024

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

Election-Commision

११ फागुन, धादिङ –

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका  अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्यरनिर्वाचन अधिकृतको कार्यलय, गाउँपालिकारनगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।

१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।
२०७३ फागुन ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: