Fri. Mar 29th, 2024

धादिङमा अझैपनि दश हजार काठको पोलवाट बिजुली बितरण

४ भदौ, धादिङ –

धादिङ जिल्लामा विद्युत आपुर्ति सहज नहुदा स्थानीयहरुले समस्या भोग्नु परिरहेको छ । दैनिक जसो विजुलीको कारण दुर्घटना बढिरहेको छ । धादिङ जिल्लामा विजुलीको पोल र तार अस्तव्यस्त अवस्था छ यसको सहि व्यवस्था हुन सकेको छैन ।

जिल्लामा अझैपनि दश हजार बिजुलीको काठको पोल रहेका छन् । काठको पोल घाम र पानिको कारण भाच्चिने हुदा त्यसको असरले धेरै दुर्घटना हुने गरेको पाईएको छ ।
जिल्लामा रहेको पोलको आवश्यक्तालाई मध्यनजर गर्दै सरकारसंग पोलको माग गरेपनि सुनुवाई हुन नसकेको विधुत प्राधिकरण धादिङका साहायक प्रवन्धक वितरण केन्द्र प्रमुख धुर्वराज कार्कीले बताए ।

धादिङबेसी बजार क्षेत्रका सडक छेउछाउमा लगाईएको रुखहरुका हाँगाहरु बढेर विजुलीको मुख्य लाईनको तार छुदा समेत अहिलेसम्म रुखका हाँगाहरु काट्ने काममा प्राधिकरणले चासो नदेखाएको स्थानीयहरुको गुनासो गरेका छन् ।

विद्युत प्राधिकरण धादिङले गत बर्षको तुलनामा बढि राजश्व संकलन गर्न सफल भएको छ । २०७३/०७४ मा ३ करोड ४८ लाख राजश्व संकलन गरेको थियो भने २०७४/०७५ मा ४ करोड ८४ लाख राजश्व संकलन गरेको छ । यसैगरी लाईन काट्ने अभियानबाट १ करोड ४० लाख राजश्व संकलन भएको विद्युत प्राधिकरण धादिङले जनाएको छ ।

२०७५ भदौ ४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: