Thu. Mar 28th, 2024

खाल्टेका सामुदायिक सस्थाहरु सहकारीमा जाने निर्णय

१८ चैत्र ,धादिङ

गरिबी निवारण गर्ने नेपाल सरकारको निति अनुसार २०६६ सालदेखी बिभिन्न सामुदायिक सस्थामा आवद्ध निलकण्ठ नगपालिका वडा नः १ र ५ का २४ वटा सामुदायिक संस्थालार्ई दिगो रुपमा सञ्चालन गर्न सहकारी एवम् उपयूक्त माध्यम हुने निष्कर्ष निकालेका छन् ।

स्थानिय चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको सहजिकरणमा गठन भएका सामुदायिक सस्थामा आयआर्जन क्रियाकलापको लागि साविकको खाल्टे गा.बि.समा भएका घरधुरी मध्ये ५०५ घर परिवार आवद्ध भई गरिबी निवारण कोषवाट सम्झौता अनुसार प्राप्त भएको छ ।

कोषबाट ६३,४६,२०० र समुदायको स्व लगानी ६७१७१५ समेत जम्मा ७०१७९१५ पूजिलाई बिभिन्न आयमुलक क्रियाकलापमा लगानी गरी वढीमा १२ प्रतिशत सस्तो व्याज र समूहको वचत समेत गरी १,३०,७१,५०० पूजि संकलन भई वाख्रा पालन, भैसी पालन, तरकारी खेती का अतिरिक्त साना किराना पसल, फर्निचर साथै रिक्सा व्यवसाय समेत गरेको सामुदायिक सस्थाका सचिव पूर्ण वहादुर मगरले बताए ।

गरिबी निवारण कोषवाट यस अवधिमा खानेपानी ८ वटा सिंचाई १ र वालविकास केन्द्र समेत निर्माण गरी समुदायलाई आत्म निर्भरता तर्फलगेको गा.बि.स स्तरिय सञ्जालका सचिव धन बहादुर गुरुङ्गले बताए ।
भेलाले वदलिदो परिस्थीतीमा कसरी सहकारी वनाउन सकिन्छ भनेर पूर्ण वहादुर मगर , एन्जिला श्रेष्ठ , धन वहादुर गुरुङ र विनमायाँ तामाङ प्रतिनिधि चयन समेत गरेका छन् ।
कार्यक्रममा सामुदायिक सस्थाको अवस्था र भावी दिनमा गर्नु पर्ने कामको बिषयमा सिड्स का कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सहजिकरण गरेका थिए ।

२०७४ चैत १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: