Today: November 18, 2018

बेनिघाट रोराङमा लोकदी खानेपानी आयोजना समुदायलाई हस्तान्तरण

२८ असोज, धादिङ –

धादिङमा भुकम्प पछिको एककृत पुर्नलाभ योजना अन्तर्गत लोकदी खानेपानी सरसफाई तथा स्वच्छता योजना समुदायलाई हस्तान्तरण गरेको छ ।
शान्ति नेपालले जिल्लाको बेनिघाट रोराङ गाउँपालिका १० माझिमटार अन्तर्गत संचालन गरेको उक्त योजना एक कार्यक्रमको बिच समुदायलाई हस्तान्तरण गरेको हो ।

निर्माण सम्पन्न भएको खानेपानी योजना कुल रु ४५ लाख ६३ हजार ७ सय ३७ रुपयाँमा सम्पन्न भएको छ । जसमा शान्ति नेपालबाट रु २५ लाख ३५ हजार ८ सय २६ रुपयाँ यसैगरी वडा कार्यलयवाट १० लाख रुपयाँ र समुदायको जनश्रमदान १० लाख २७ हजार ९ सय ११ रहेको शान्ति नेपालका भुकम्प पछिको एककृत पुर्नलाभ योजनाका कार्यक्रम संयोजक विष्णु भट्टले जानकारी दिए ।

उक्त खानेपानी योजनाबाट १०९ घरधुरीको ६०० जनसंख्या लाभान्बित रहेका छन् । प्रत्येक घरमा एक घर एक धारा अभियान सहित १०९ धारा तथा ४० हजार लिटर क्षमता रहेको ट्याङकी निर्माण भएको छ ।
प्रतिनिधी सभा क्षेत्र नम्वर एकका सांसद भुमि प्रसाद त्रिपाठी प्रदेश नम्वर ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रको विच समुदायलाई हस्तान्तरण गरेका हुन् ।

२०७५ असोज २८गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट