Fri. Mar 29th, 2024

खानेपानी पाएपछि खनियाबास र त्रिपूरासुन्दरीका स्थानिय हर्षित


सृजना लंम्साल / १७ पुस,  धादिङ –

आँगनमै धाराबाट आएको खानेपानी पिउने त्रिपुरासुन्दरी गाउँपालिकाका सर्वसाधारणको सपना पुरा भएको छ ।

स्थानिय उपभोक्ताहरुको पहल र अक्सफाम र एक्सन नेपालले खानेपानी आयोजना निर्माण गरेपछि त्रिपुरासुन्दरीवासीको सपना पुरा भएको हो ।

घरआँगनमै चौबिसै घण्टा खानेपानीको सुविधा पाएपछि स्थानियबासीले आफुहरुको समय बचत भएको र शुद्ध पिउने पानी पाइने समेत आशा गरेका छन् ।

वर्षोसम्म खानेपानीको समस्या भोगेका त्रिपुरासुन्दरीबासीले खानेपानीको लागि गाउँपालिका, जिविस हुँदै विभिन्न संघसंस्थाको दैलो धाएपनि कतैवाट सहयोग नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिले अक्सफाम र एक्सन नेपालले घरघरमै खानेपानीको पु¥याएपछि आफुहरुलाई भगवानै आए जस्तो लागेको उल्लेख गरेका छन् ।

यसैगरी खनियावास गाउपालिकामा पनि खानेपानीको समस्या भोगिरहेका स्थानियहरु अक्सफाम र फोकस नेपाल, एक्सन नेपालले खानेपानी गाउँमै लगिदिएपछि हर्षित छन् । पानीको समस्याका कारण पुननिर्माणको काम पनि अगाडी बढ्न सकेको थिएन घरमै पानीको धारा आएपछि पुननिर्माणमा चासो पुगेको खनियावास ३ शन्तुकुमारी तामाङले बताईन् । १ गाग्री पानि लिन घन्टौ हिड्नुपर्ने वाध्यता हटेको छ उनले सुनाईन् ।

आँगनमै खानेपानीको सुविधा भएपछि अहिले त्रिपुरासुन्दरी र खनियावासको मुहार नै फेरिएको छ । निमाण भएका खानेपानी आयोजनाहरुको अनुगमन र आयोजना हस्तान्तरण गर्न त्यहाँ पुगेका अक्सफाम, फोकस र एक्सनका कर्मचारीहरुले नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत खानेपानी आयोजनाहरु निर्माण गरिएको जानकारी दिए ।

वर्षैदेखि खानेपानीको असुविधा हुदै आएको गाउँमा खानेपानीको सुविधा पु¥याउन पाउदा निकै खुशी लागेको उनीहरुले बताए ।

२०७४ पुस १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: