Today: July 16, 2018

चेपाङगाउँमा खानेपानीले ल्याएको खुसी

सृजना लम्साल/ ११ चैत, धादिङ

बेनिघाट २ की ६३ वर्षीया धनकुमारी चेपाङ वृद्ध पतिसँगै बस्छिन् । छोराछोरी नभएकाले सघाउने कोही छैन । उनलाई उकालोओरालो गरी खानेपानी बोक्न धौधौ थियो । अहिले दैलोमै पानी खसेपछि भने हाइसन्चो भएको छ । छोराछोरी पढ्न शहरकेन्द्रित भएपछि उनिहरु दम्पति मात्र गाउँमा बसेका छन् ।

गजुरी ५ मी डिलकुमारी लामीछानेले आफ्नो गाउँमा अचेल खुसीको लहर आएको बताइन् । ‘हाम्रो गाउँमा यसअघि पानी थिएन, ०७२ वैशाखमा गएको भूकम्पले घरहरू सबै भत्काएपछि हामी झन् ठूलो समस्यामा थियौँ,’लामीछानेले भनिन्, ‘अहिले घर पनि राम्रो चिटिक्कको बनिसकेको छ, त्यससँगै खानेपानीको धारा पनि आँगन–आँगनमा नै भएकाले झन् बढी खुसी थपिएको छ ।’

‘हामी यहाँका बासिन्दा दुई–साढे दुई घन्टाको लामो बाटो हिँडेर पानी लिन जानुपर्थ्यो , डिलकुमारीले भनिन्, ‘ जाने वेलामा गाउँभरिका मान्छे त्यहीँ जम्मा हुने भएकाले जो पहिला हुन्थ्यो, त्यसैले गाग्री भर्न पाउने भएकाले धेरै बेर कुर्नुपर्थ्यो ।’ अहिले घरको आँगनमा नै आएको पानी थाप्न पाएकोमा धेरै खुसी भएको उनको भनाइ छ ।
डिलकुमारी लगाएत त्यस गाउँका बासिन्दाले त्यसरी ओसारेको पानी पिउनलाई मात्र ठिक्क हुन्थ्यो । बस्तुभाउका लागि पानीको अभाव थियो । अहिले त्यहाँका स्थानीयले करेसाबारीमा तरकारीखेती समेत गर्न थालेका छन् । २०७२ मा आएको विनासकारी भुकम्पबाट छेद विच्छेद भएको गाँउ अहिले पुन निर्माणमा जुटेको छ ।
गजुरी ५ की देवकी लामिछाने भन्छिन् , पानिकै अभावले पुननिर्माणमा जुट्न सकिएको थिएन , घरघरमा पानीको धारा आएपछि पुननिर्माणको कामले पनि गति लिएको छ । सबैले एकैपटक घरनिर्माणमा जुटेका छौ ।

बेनिघाट २ की पर्मीला परीयार श्रीमानले दोस्रो बिवाह गरेपछि एक्लो जीवन एक छोरीको साहारामा जीवनयापन गर्दै आएकी छिन् , दलित भएकै कारण सामुहिक धारामा पानी भर्न जाँदा अनेक बचन सहनुपथ्यो, अहिले घरमा धारा आएपछि खुसी भएकी छु । कोहिबाट हेपीनु नी परेको छैन आफ्नो सुरमा चलाउछु तरकारी खेती नी गरेको छु बजारसम्म लगेर बेच्ने गर्छु , छोरीलाई पढाउने खर्च पुगेको छ , पर्मीलाले सुनाईन् ।

अक्सफाम ,फोकस नेपाल र समुदायको लगानीमा बेनिघाट २ मा स्याम्राङ खानेपानी आयोजना कुल ७८ लाख ९३ हजार ४०५ लागतमा घरघरमा खानेपानीको धारा घरमै पुगेका छन् । गजुरी ५ मा कम्मर खोला छव्विसे खानेपानी आयोजना ११ लाख २७ हजार ९ सय ३३ लागतमा सम्पन्न गरेका छन् । समुदाय र सँस्थाको सहयोगमा नै नागरीकमा खुसी छर्न सफल भएका छौ अक्सफामका ईन्जिनियर सुरज परीयारले बताए । काम गर्न जस्ता समस्याहरु झेल्दै आएपनि समुदायमा खानेपानीले आएको खुसीले हामी पनि खुसी भएका छौ ,उनले भने ।
बेनिघाट गाउँपालिका अधक्ष्य पित्तबहादुर डल्लाकोटीले ‘एक घर एक धारा’ गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताए । गाउँपालिकाका आधा क्षेत्रमा हरेक घरमा धारा पुगिसकेको उनले सुनाए । उनि भन्छन्, ‘बाँकी क्षेत्रमा २ वर्ष्भित्र घरघरै धारा पु¥याउन गुरुयोजना बनाउने तयारी छ ।’ गाउँपालिका आफैले गर्नुपर्ने काम संस्थाले गरेकोमा अब यसको दिगो उन्नतीको लागि गाउपालिकाले सक्दो प्रयास गर्ने उनले बताए ।

अक्सफामका कार्यक्रम संयोजक अरुण कान्त पौडेलले खानेपानीको अभाव भएको समुदायमा काम गर्न पाउदा खुसी रहेको उनले बताए । उनले त्यहाँको समुदायलाई अब खानेपानीको सँगसँगै आर्थिक उपार्जनको काममा लाग्नसमेत सुझाब दिए ।

२०७४ चैत ११ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट