Today: October 24, 2017

२८ वटा मरेका खसीबोका बसको डिक्कीमा भेटिए

५ असोज, धादिङ –

काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरेको छ ।

फाइल फोटो

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो । पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले विहीबार बरामद गरेको हो ।

नाकाहरुमा पशुपन्छीको आयातको अवस्था अध्ययन गर्न निस्किएका मन्त्री थारु नेतृत्वको टोलीले बरामद गरेको हो ।

डिक्कीभित्रै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको मन्त्रीका स्वकीय सचिव रामु सिग्देलले जानकारी दिए । ति खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७४ असोज ५ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट