Today: June 21, 2018

काँग्रेस रुपान्तरणको खाँचो छ ।

अधिवक्ता खिल गिरी

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजान्त्र कांग्रेस दुवै दल एकीरण भई २००६ चैत्र २६ गते नेपाली कांग्रेसको स्थापना भएको हो । नेपाली कांग्रेस नेपालको क्रियाशील पार्टीहरुमा सवैभन्दा पुरानो पार्टी हो । नेपाली कांग्रेस इतिहास देखी नै सबै भन्दा शक्तिशाली पार्टीको रुपमा क्रियाशील छ । नेपाली कांग्रेस पार्टी नेपाली राजनीतिको संस्थापन हो । त्यसै कारण राजनीतिका सफलता, विफलता तथा गुण र दोषको सवैभन्दा धेरै जिम्मेवारी यही पार्टीले लिनु पर्दछ । नयाँ बनाउने नाममा उनीहरू लोकतान्त्रिक इतिहास र शासन पद्धतिलाई उल्ट्याउने प्रयत्न गर्दै छन् । कांग्रेसलाई कसैले हराउन सक्दैन । हराउन सक्छ भने कांग्रेसले हराउँछ भन्ने कुरा बी. पी. कोइरालाले भने झै नेपाली कांग्रेस आफ्नै कारणबाट हारेको हो । विपक्षीहरुले कांग्रेस विघटनको बाटोमा लागेको भन्दै यसलाई हाँसोको विषय समेत बनाइ रहेका छन् । निर्वाचनमा पराजित भएपछि कांग्रेस यतिवेला रक्षात्मक स्थितिमा पुगेको छ । कांग्रेस कमजोर बनाउने रणनीतिमा लागेकाहरू रमाइ रहेको छन् ।

नेपाली कांग्रेस पार्टीले गरेका काम–कारबाही ठीक थिएनन् भनेर त जनताले हालै सम्पन्न तिनैवटा निर्वाचन मार्फत नै भनिसकेका छन् । मोटामोटी लोकतन्त्र संस्थागत हुँदै गएको अहिलेको नेपालको स्थितिमा नेपाली कांग्रेस पार्टी सानो वा ठूलो हुनुले अहिलेको परिस्थितिमा देशलाई फरक पनि धेरै नपर्न सक्छ । चुनावबाट ताजा जनादेश र ताजै स्फूर्तिका साथ पुनःशक्तिमान् भएका वाम गठबन्धनकै चरित्र र प्रवृत्तिबारे आलोचनात्मक विश्लेषण गर्नु बढी जिम्मेवार पनि हुन्छ, किनभने ‘ठूला’ पार्टीले नै ठूलो गल्ती गर्ने जोखिमको सामथ्र्य राख्छन । हुन त नेपालको संविधान विवादै विवादको गर्भबाट २०७२ सालमा जन्म भाएको हो । लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको संविधान कार्यान्वयनको लागी स्थानिय तह, प्रदेश र संघ समेतको निर्वाचन सम्पन्न गर्न पर्ने थियो । निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेस पार्टी सफल भएको छ । तर चुनावपछिका तिन महिनासम्म नेपाली कांग्रेसले बेहोरेको चुनावी पराजय र अब कांग्रेस फेरि कसरी सुदृढ हुन सक्ला भनेर आएका आम दृष्टिकोण आधारभूत प्रश्नमा प्रवेश गर्नै हिचकिचाएको भान हुन थालेको देखिन्छ  । कांग्रेस बिरामी छ भन्ने कुरा त चुनावको परिणामले प्रमाणित गरिसक्यो । तर किन बिरामी भएको छ भनेर गरिएको नेपाली कांग्रेसको (चुनावको समिक्षा) स्वास्थ्य परीक्षण नै गलत विधिले गरिएको छ । यो लेख नेपाली कांग्रेसले किन पराजय भोग्यो भन्ने विषयमा होइन । नेपाली कांग्रेसले पराजय भोग्नुका कारण र मूल्यांकनले मूल प्रश्नतर्फ प्रवेश नै गर्न नसकेको विषयमा केन्द्रित रहेको छ । अबको नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेपाली जनता माझ समाजको बिकास आर्थिक कारणबाट हुन्छ । समाज भित्र रहेका जति उत्पादनका साधनहरु छन्, त्यस माथी सामाजीक नियन्त्रण हुनु पर्दछ भनी २०१६÷७÷२८ मा विश्वेश्वरप्रसाद कोइरालाले त्रि—चन्द्र कलेजमा भन्नु भएको थियो । उक्त भनाईलाई आधार मान्दै समाजवाद तर्फ बाटो जान नसक्नु नेपाली कांग्रेसको माहन भुल थियो । अझ महत्वपूर्ण कुरा नेतृत्वको राजनीतिक क्षमता, बौद्धिक प्रस्टता र चारित्रिक शुद्धता नै हो ।

नेपाली कांग्रेस पार्टीले समिक्षा गर्दै गदैन । समीक्षा यदि गर्न परेछ भने पनि यो पराजय नै होइन । समानुपातिक तर्फ हामी झण्डै एमालेको हाराहारीमा छांै । चुनाव पराजय भए पनि नेपाली कांग्रेसको सिद्धान्तमा हाम्रो जीत भएको छ भन्ने जस्ता आत्मारति कार्यकर्ताहरुलाई बाँडेर उम्कने नेपाली कांग्रेसका जिम्मेवार नेताहरुको योजना देखिन्छ । यस्ता भनाइहरु आउन सुरु भइ सकेको छ । नेपाल अहिले एक हिसाबले त्यस्तै राजनीतिक र बौद्धिक मनोदशामा पुगेको छ । लोकतन्त्र पुनः संस्थागत भइसक्यो । शान्ति पनि आइसक्यो । संघीयता पनि लागू भइसक्यो । तर यी सबै कुरा भएपछि पनि जनताको जीवनस्तरमा कुनै सुधार हुने छाँट तुरुन्तै छैन । अब राजनीतिक लडाइँ लडौं भने, के ऋबगकभ का लागि लड्ने ? नलडौं भने– के हेरेर बस्ने ? यही मनोदशाको बीचमा कांग्रेसको चुनावी पराजय र त्यसपछिको छटपटीलाई हेरौं । सबै राजनीतिक मुद्दा सकिएपछि एउटा स्थिरता र समृद्धिको नारा थियो । त्यो पनि वाम गठबन्धनले एकलौटी बनाइसक्यो । संघीयताको अपनत्व र जस मधेसी दललाई छ । कांग्रेसलाई छैन । राष्ट्रवाद भनेको जस्तोसुकै होस । त्यो एमालेले एक्लै खाइरहेको छ । राष्ट्रियता भनेको के हो बताइदिने भाष्य आफंैसँग छैन । भएको अलिकति पनि भारतको नाकाबन्दीले खाइदियो । लोकतन्त्र खतरामा छ भन्न खोज्यो, कसैले पत्याइदिँदैन । तसर्थ, अहिले नेपाली कांग्रेसलाई फेरि सुधारेर ठूलो दल बनाउनुपर्छ भन्नेहरूले पहिला सोध्नुपर्ने प्रश्न हो ? । आज १८–२० वर्ष पुग्दै गरेको कुनै युवा नेपाली कांग्रेस पार्टीमा के काम गर्छु भनेर सदस्यता लिन आउने ? नेपालका ती युवा समूह जस्तै ः न त अब लोकतन्त्रका लागि लड्छु भन्ने ऋबगकभ बाँकी छ, न त लोकतन्त्र नै लोकतन्त्रजस्तो छ । त्यसको अर्थ प्रस्ट के हो भने अहिलेसम्म जुनजुन ठूला कुराका नाममा एक हिसाबले सजिलो राजनीति गर्न पाइएको थियो । अब त्यो अवसर उपलब्ध छैन ।

जीवन–दर्शनका आधारमा राजनीति रोजिने हो, राजनीतिका आधारमा जीवन–दर्शन रोजिने होइन । पहिले कांग्रेस हुने, अनि किन कांग्रेस भएको हो भनेर खोजेर कहीं पनि पुगिँदैन । समाजको कुन आदर्शका लागि कुन विधिबाट लाग्छु भन्ने कुरा पहिले जीवन–दर्शन छाने पछि आउने हो । अरू पार्टी पनि आखिर त्यस्तै हुन पाँच वर्ष सरकार चलाउँदासम्म तिनीहरू त्यसै खुइलिनेछन् र फेरि पालो आइहाल्छ भन्ने तर्क कांग्रेसभित्र पक्कै होला । कांग्रेस एउटा चुनावबाट सकिने पार्टी हो र भन्ने कुरा त भइहाल्यो । यी दुवै कुरा साँचा नै हुन । तर पनि आधारभूत प्रश्न भनेको कांग्रेस पार्टी केका लागि भइ राख्नु पर्ने भन्ने नै हो । अरू पनि त्यस्तै छन् तसर्थ हामी पनि यस्तै रहे पनि हुन्छ भन्ने एउटा कुरा, हैन भने कोही मानिस राजनीतिमै किन लाग्नुपर्छ भन्ने पहिलो प्रश्न हो भने राजनीतिमा लाग्छु भन्नेमध्ये कांग्रेस किन हुने भन्ने प्रश्न सँगसँगै आउँछ । अन्य दलमा लाग्नेका लागि यो प्रश्न लागू हुँदैन भन्ने त होइन तर यस लेखको प्रसंग कांग्रेस भएका कारणले गर्दा अहिलेका लागि यो प्रश्न उनीहरूप्रति नै समर्पित छ ।

संगठन सुदृढीकरण गर्ने, कार्यकर्ताहरुको कार्यशैलीमा आमूल परिवर्तन ल्याएर उनीहरुको कार्य दक्षता वृद्धि गर्ने, जनसम्पर्क र प्रचार प्रसारको संयन्त्र तथा रणनीति मजबुत बनाउने, पार्टीको वित्त व्यवस्थापनलाई संस्थागत र प्रभावकारी बनाउने जस्ता प्रमुख कार्य नेपाली कांग्रेसका चुनौती हुन । विज्ञानले हर सम्स्याको समाधान गर्दै लाने आंट लिएको छ । मानिसको मान, अपमान र अभिमानलाई घटाउने, बढाउने वा सम्मान राख्ने कुनै औजारको कुनै अविष्कार गर्न सकेको छैन । पार्टी भित्रको आत्माघाती गुट ÷उपगुटको संस्कृतिलाई सकेसम्म समाप्त पार्नु पर्दछ । भाँचिएका फाँटेका मनहरुलाई एकतावद्ध गर्दै लैजानु पर्ने देखिन्छ । यसरी मनमुटावहरु कम गर्न सकिएन भने हाम्रा पिता पुर्खाहरुले भने झै “वन डढेको सवैले देख्छन् मन डढेको एक आफू बाहेक अरु कसैले देख्दैन ।” त्यस्तै “चोलिया फाटे दर्जीले सीउछ, मन फाटे फर्लङ्गै । ”हुन सक्दछ ।

नेपाली कांग्रेसले देशलाई एकाइसौ शताब्दीमा लैजाने उत्सुकता देखाउन जरुरी छ । साम्यवादमा प्रजातन्त्र जोडि दिए त्यो समाजवाद हुन्छ, समाजवादबाट प्रजातन्त्र वा लोकतन्त्र झिकि दियो भने साम्यवाद हुन्छ । समाजवादको मुख्य २ वटा मौलिक आधारहरु छन् । १. समाजको विकास आर्थिक कारणबाट हुन्छ । २. समाज भित्र रहेका जति उत्पादनको साधानहरु छन् । त्यस माथि सामाजीक नियन्त्रण हुनु पर्दछ । गाँस, बास र कपासको समस्याले चौबिसै घण्टा जोतिनुपर्ने नेपाली जनता स्वतान्त्रताको अर्थ सम्झन असमर्थ रहनछ । जीवन निर्वाहको आवश्यकता साम्य भएपछि मात्र मनुष्य स्वतन्त्राको संसारमा प्रवेश गर्दछ । २०७० चैत्र १३ मा काठमाडौंमा “नेपाली समाज र माक्र्सवाद” विषयक महत्वपूृर्ण अन्तरक्रिया कार्यक्रममा नेपाली समाजको चरित्रमा आएका फेरबदलहरु माथी निकै रोचक र अर्थ पूर्ण छलफलको निष्कर्ष थियो । “नेपालमा समान्तवादको अन्त भयो, अब नेपाल नयाँ युगमा प्रवेश भयो । ०६२÷६३ को जन आन्दोलन सामन्तवाद विरुद्धको अन्तिम धक्का थियो ।” चीनीया उखान छ “माछा खान होइन मार्न सिकाउनु पर्दछ ।”अब कार्यक्रम नेपाली कांग्रेसले आर्थिक समृद्धि तर्फ केन्द्रित हुनु पर्दछ । क्षमतावान, आशा लाग्दा, अहिलेसम्म विफल भइनसकेका र सम्भावनायुक्त युवा नेताहरु अग्रसर नहुने हो भने अबको कांग्रेसको कुनै भविश्य छैन । कांग्रेस फेरी पनि गुटकै राजनीति गर्ने हो भने भिर जाने गाईलाई राम बोल्न सकिनछ काँध थाप्न सकिन । (लेखक ः नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य हुनुृहुन्छ ।)

 

२०७४ फागुन २७ गते प्रकाशित

 

Leave a comment


Loading...

ताजा अपडेट