Fri. Mar 29th, 2024

धादिङका किसानलाई मोबाइल फोन वितरण


९ जेठ,  धादिङ –

धादिङका किसानहरुलाई सिमकार्ड सहितको मोबाइल फोन वितरण गरिएको छ ।

जलवायु प्रकोपबाट कृषिक्षेत्रमा हुन सक्ने क्षति न्यूनीकरणमा सहजताको लागि धादिङका किसानलाई मोबाइल फोन वितरण गरिएको हो । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन इकाइद्धारा कृषि क्षेत्र तर्फका २७ जना र पशुपालन तर्फका १७ जना गरी ४३ वटा सक्रिय कृषक समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका लागि मोबाइल फोन वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले जानकारी दिए ।

विभिन्न समूह मार्फत व्यवसायिक रुपमा खेतीपाती गरिरहेका र पशुपालन गरिरहेका कृषहरुलाई सिम कार्ड सहितको मोवाइल फोन, तापक्रम नाप्ने थर्माेमिटर, बर्षामापन यन्त्र लगायतका उपकरण उपलब्ध गराइएको छ । मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्नउत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथा लगायतका कुरा मोबाइलबाटै थाहा पाउने बताइएको छ ।

मोवाइल सहित कृषि उपकरणहरु निशुल्क पाएपछि कृषकहरु पनि उत्साहित भएका छन । सानैदेखि कृषि व्यवसाय गर्दै आएका धादिङ कुम्पुरका कमला पण्डित सूचना दिने मोवाइल पाएपछि खुसी छिन् । उनले व्यवसायीक रुपमा गर्दै आएको तरकारी बालीको संरक्षणमा सघाउ हुने बताइन् ।
शीतलहर चल्ने, पानी पर्ने, कति पानी पर्दा बाढी आउँछ, कुन मौसममा कस्तो रोगकिरा लाग्न सक्छजस्ता विषयमा मन्त्रालयबाटै मोबाइलमा सूचना आउने भएकाले किसानले सावधानी अपनाउन सक्ने कार्यालयले जनाएको छ ।

२०७४ जेठ ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: