Today: January 19, 2019

थाक्रेमा प्राङगारिक कृषि उत्पादनको बजारिकरण सम्बन्धि अन्र्तक्रिया


१४ पुस, धादिङ –

प्राङगरिक कृषि उत्पादनको बजारिकरणमा जोड दिनका लापग धादिङको थाक्रे गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कृषि रेडियो र सेकार्ड नेपालले आयोजना गरेको कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा थाक्रे गाउँपालिकाका अगुवा कृषक, व्व्यापारी, कृषक समुहका अध्यक्ष , काठमाण्डौमा प्राङ्गारीक उपज विक्री गरीरहेका व्यावशायी हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले थाक्रे गाउँपालिकाले प्राङ्गारीक उत्पादनको बजारीकरणमा स्पष्ट निति योजना निर्माण गर्ने र कार्यन्वनमा जाने धारणा व्यक्त गरे । थाक्रे गाउँपालिकाले ५० लाख रुपैया कृषि क्षेत्रको विकासको लागि विनियोजन गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सवैलाइ आग्रह गरे ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र धादिङका प्रमुख केशव देवकोटाले अहिलेको आवाश्यक्ता जैविक कृषि रहेको भन्दै जैविक रुपमा उत्पादनमा लाग्न आवाश्यक रहेको बताए । कार्यक्रममा धुनिवेशी नगरपालिकाका कृषि विभागका सन्तोष खड्का र थाक्रे गाउँपालिकाका राजेन्द्र रुपाखेतीले आआफ्नो पालिकाले कृषि क्षेत्रको विकासको लागि गरीरहेको कामको वारेमा जानकारी गराए ।

कार्यक्रममा कृषि विभागका कुलदिप घिमिरेले नेपालको प्राङ्गारीक उत्पादनको वर्तमान अवस्थाको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

२०७५ पुस १४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट