Fri. Mar 29th, 2024

धादिङमा विद्यालय भर्ना अभियान प्रभावकारी हुनेछ : श्रेष्ठ

बैशाख दुई गतेदेखि विद्यालय भर्ना अभियान देशभर संचालन हुँदैछ । धादिङमा पनि अभियान संचालनका लागि विभिन्न अभियान संचालन गरिदैछ । नयाँ शैक्षिक सत्रका लागि बाल कक्षादेखि १० सम्म भर्ना अभियान सुरु भएको छ । अभियानमा सबै शिक्षा कार्यालय, विद्यालय तहका शिक्षक र विद्यालय व्यवस्थापन समिति जुटेका छन् । समग्र विद्यालय भर्ना अभियानका बारेमा जिल्ला शिक्षा विकास समन्वय इकाइका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठसँग पाविलन्यूज डटकमका संवाददाता सृजना लंम्सालले गरेको कुराकानीको सारसंक्षेप

 

१) विद्यालय भर्ना अभियान के हो ?

विशेष गरी हामी प्रत्येक शैक्षिक सत्रको सुरुवातमा विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालयमा स्वागत गर्दै उहाँहरुलाई नयाँ पाठ्यपुस्तक सहित विद्यालयमा भित्राउनको लागि, सबैलाई साक्षर गराउनको लागि यो कार्यक्रम प्रत्येक वर्ष गरिने कार्यक्रम हो ।

२) धादिङमा विद्यालय भर्ना अभियान कहिलेबाट सुरु हुँदैछ ?

धादिङमा शैक्षिक सत्र २०७५ अथवा नववर्षको दोस्रो दिन दिनदेखि १४ गतेसम्म भर्ना अभियानको रुपमा तोकेका छौँ । जिल्लाको दुई नगरपालिका र ११ वटा गाउँपालिकासहित १३ वटै स्थानीय तहमा रहेका विद्यालयहरुमा एकैसाथ अभियान संचालन हुँदैछ । जिल्लाका २० वटा स्रोतकेन्दहरु तथा विद्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरेर बालबालिकालाई विद्यालय प्रवेश गराएर विद्यालय लैजाने हाम्रो कार्यक्रम रहेको छ ।

३) अभियानमा क्रममा कस्ता कस्ता कार्यक्रम संचालन गरिनेछ ?

हामीले यस बर्ष कोहि पनि विद्यालय उमेरका बालबालिकाहरु नछुटुन् भन्ने हिसाबले पुस्तक व्यवसायी संघ र जिल्ला समन्वय समितीका संयोजकको समन्वयमा जिल्ला निशुल्क पाठ्यपुस्तक व्यवस्थापन समितिको बैठक बसी विभिन्न कार्यक्रमहरु तय गरेका छौ । जसअन्तर्गत विद्यालय उमेरका बालबालिकाहरुलाई विद्यालय भित्र्याउने २ गतेदेखिको एउटा कार्यक्रम रहेपनि ५ गते निशुल्क पुस्तक दिवसको अवसरमा पुस्तक वितरण गर्नेछौँ । आजसम्म विद्यालय नपुगेका बालबालिकाहरुलाई जो कोहिले पनि त्यस्ता वालवालिकाहरुलाई पहिचान गरी त्यस्ता व्यक्तिहरुलाई हाम्रो धर्म संस्कृति अनुसार उहाहरुलाई स्वागत गर्दै विद्यालयहरुमा पु¥याउने र उहाँहरुलाई एक वर्ष सम्म विद्यालयमा चाहिने शैक्षिक सामाग्री लगाएत उहाँको पोसाकको व्यवस्थापन गर्ने हामीले निर्णय गरेका छौ ।

४) धादिङलाई साक्षरता क्षेत्र घोषणा गरिसकेको छ, तर ग्रामिण क्षेत्रका बालबालिकाहरु अझै पनि शिक्षाबाट बञ्चित छन्, यसको लागि कस्तो पहल भईरहेको छ ?

हामीले २०७० साल असार २९ गते नै जिल्लालाई पुर्ण साक्षरता जिल्ला घोषणा गरिसकेका छौँ, जुन संख्या १५ देखि ६० सम्मका ९५ भन्दा बढि साक्षर भईसकेको व्यक्तिको आधारमा जिल्लालाई साक्षरता घोषणा गरेका थियौ । र अहिले हामीले राष्ट्रिय स्तरमा हेर्दा पनि २.८ प्रतिशत बालबालिकाहरु विद्यालय भन्दा बाहिर रहेको तथ्याङ्क रहेको छ । हाम्रो जिल्लामा हामीले खोजिरहेको छौ आजको स्थितीसम्म हेर्दा हामीले विद्यालय बाहिर रहेका विद्यालयको ढोकामा अहिलेसम्म नपुगेका विद्यालय उमेर पुगेका विशेष गरी ५ वर्ष देखि १२ वर्ष सम्मका बालवालिकाहरु पाउन सकेका छैनौ । कहि कतै त्यस्तो वालवालिकाहरु रहेछन् भने पनि तपाईहरुको संचारमाध्यमवाट त्यस्ता व्यक्तिहरुलाई हाम्रो ढोकासम्म लेराईदिनुहुन अनुरोध गर्दछौ ।

५) प्रत्येक वर्ष विद्यालय भर्ना अभियान कार्यक्रम संचालन भईरहेको छ तर त्यो अलि प्रभावकारी भएन भन्ने गुनासो आउने गरेका छन् नी ?

हाम्रो कार्यक्रमहरु शैक्षिक कार्यक्रम रहेको हुनाले शिक्षामा जो जो संलग्न हुनुहुन्छ उहाँहरुलाई हामीले परीचालन गरेका छौ । त्यस हिसाबले गर्दा कहि कतै हाम्रो प्रभावकारीतालाई अर्कै हिसाबले मुल्याङ्कन गरेको होला । त्यसकारण हामीले सबै स्रोतकेन्द्रका स्रोत व्यक्तिहरु सबै विद्यालयका प्रधानाध्यापकहरु, जिल्लामा कार्यरत रहेका शिक्षकहरु यसमा संलग्न हुनुहुन्छ र पहिलो चरणमा हामी २ गते देखि १४ गते सम्म भर्ना अभियान नियमित रुपमा मनाउँछौ भने १५ देखि २९ गतेसम्म हामी सबै शिक्षकहरु, विद्यालयमा भर्ना भईसकेका विद्यार्थीहरुको संयुक्त संलग्नतामा प्रत्येक घर घरमा हामी घरदैलो कार्यक्रम गर्छौ । घरघरमा पुग्ने भएकोले हाम्रो पहुँच नपुगेको बालबालिकाहरु पत्ता नलागेको भन्ने हुदैन होला भन्ने हामीले महसुस गरेका छौ ।

६) शिक्षाको नाममा विभिन्न निजी विद्यालयहरुले शुल्क बढी लिइ विभिन्न सेवा सुविधा दिइरहेका छन्, यसले सरकारी विद्यालयमा असर गरेका छन् की ?

निजी विद्यालयहरु पनि हामीले अनुमती दिएका स्विकृत दिएका विद्यालयहरु हुन् , त्यसकारणले गर्दा निजी विद्यालयहरुमा विद्यार्थी गयो भन्ने हाम्रो गुनासो होईन । जहासुकै होस् निजीमा होस् या सरकारी विद्यालयमा होस् उहाहरुले बालबालिकाले पढ्न पाउनुपर्छ भन्ने नै पहिो कुरा हो । दोस्रो कुरा भनेको निजी विद्यालयमा गएकै कारण हाम्रो बालबालिका घटेका होईनन् अहिले बालबालिकाहरु हेर्दाखेरीमा हिजोको दिनमा विद्यालय उमेरका बालबालिकाहरु क्रमश घट्दै गईरहेका छन् उहाँहरुको जन्मान्तरमा अन्तर भएको छ त्यसकारणले पनि विद्यार्थी संख्या घटेका हुन् ।

७) अघिल्लो वर्ष कति बालबालिका विद्यालय भर्ना भएका थिए ?

अघिल्लो वर्ष हामीले विद्यालय उमेरका बालबालिकाहरु विशेष गरी प्रारम्भिक बालकक्षामा लगभग ७ हजार २ सय बालबालिकाहरु भर्ना भएका थिए । कक्षा १ देखि १२ कक्षासम्म करिब ८० हजार बालबालिकाहरु अहिले शैक्षिक सत्र २०७४ मा अध्ययन गरिरहनुभएको छ ।

८) अन्त्यमा विद्यालय जाने उमेर भएका बालबालिकाहरुलाई के भन्न चाहनुहुन्छ ?

म तपाईहरुको संचारमाध्यबाट पनि जिल्लामा रहेका विद्यालय जाने उमेर भएका विशेषगरी ४ बर्र्ष उमेर पुगेका बालबालिकाहरुलाई हाम्रो प्रारम्भिक बालविकास केन्द्रमा भर्ना गर्नको लागि अभिभावक शिक्षा कर्मी तथा सरोकारवालाहरुलाई हार्दीक अनुरोध गर्दछु । र जो बालबालिकाहरु विद्यालयमा पुगेका छैनन् त्यस्ता बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउनको लागि सबै धादिङका जनप्रतिनिधीहरु, गाँउ विकास समिति नगरपालिकाका सबै कर्मचारीहरु तथा आम अभिभावक ज्युहरु र आम नागरिकहरुलाई पनि हार्दिक अनुरोध गर्दछु ।

२०७५ बैशाख १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: