Today: November 18, 2018

वेनिघाट गाउँपालिकामा किसानहरुलाई कृषि औजार वितरण

२७ असार, धादिङ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यलय धादिङ्गले किसानहरुलाई कृषि औजार वितरण गरेको छ ।
वेनिघाट रोराङ गाउँपालिका अन्तर्गत वेनिघाटका १० वटा वडा सिद्धलेक गाउपालिकका २ वटा वडा गजुरीका २ वटा वडा तथा गण्डकी गाउँपालिकाका २वटा वडाका किसानहरुलाई कृषि औजार वितरण गरेको हो ।

हाते ट्रयाक्टर , तौलने डिजीटल काँटा र झार गोड्ने मेसिन समुह सहकारीलाई वितरण गरेको छ । यसैगरी फरक प्रकारका मेसिनहरु फरक फरक समुह गरी ५४२ जना कृषकलाई कृषि औजार वितरण वितरण गरेको छ ।

तरकारी जोनले कृषिलाई आधुनिकीकरण गर्ने र किसानहरुलाई सहज हुने हिसावले कृषिका विभिन्न औजारहरु वितरण गरेको छ । किसानहरुको प्रतिव्यक्ति आयमा वृद्धि हुने कम समय र लगानीमा उत्पादनमा वृद्धि हुने भएकोले किसानहरुलाई सामाग्री वितरण गरेको तरकारी जोनका अधिकृत समिर एस् वि मगरले वताए ।

वेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष देवि प्रसाद सिलवालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तरकारी जोनका वरिष्ठ कृषि अधिकृत केशवराज काफ्ले तरकारी जोनका अधिकृत समिर एस् वि मगर एग्रो ट्रेडका प्रदिप मैनाली तथा किसानहरुको उपस्तिथी रहेको थियो ।

कृषि विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यलय धादिङ्गले जिल्लामा आ.व.०७४।७५ देखि तरकारी बालीहरुको कृषि औधोगीक क्षेत्र (जोन) को रुपमा स्थापित गरि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

धादिङ्ग जिल्लाको दक्षिण पश्चिममा रहेका यस परियोजना क्षेत्र साविकका जोगिमारा, धुषा, वेनिघाट र महादेवस्थान गाविसहरु समेटिएर वनेको वेनिघाट रोराङ्ग गाउँपालीकाका १० वटा वडाहरु, साविकको सलाङ् गाविस वाट निर्माण भएको सिद्धलेख गाउँपालीकाको वडा नं. ३ र ४, त्यसैगरी साविकको गजुरी गाविस समेटेर बनेको गजुरी गाउँपालीका वडा नं.२ र गोर्खा जिल्ला समेतको साविक घ्याल्चोक गाविस समेटेर बनेको गण्डकी गाउँपालीका वडा नं.७ र ८ लाई परियोजना क्षेत्र निर्धारण गरेको छ ।

२०७५ असार २७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट