Today: April 24, 2019

धादिङको महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याव सामाग्री सहयोग


२३ माघ, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा रहेको महादेवस्थान स्वास्थ्य चौकीलाई ल्याब सामग्री सहयोग गरिएको छ । रुमाडेही फाउण्डेशन नेपाल तथा स्टिचिङ प्रोजेक्ट इन नेपालको सहयोगमा लायन्स क्लव अफ नेपाल हाईलाइटसले स्वास्थ्य चौकीका लागि आवश्यक ल्याव सामाग्रीहरु प्रदान गरेको हो ।

स्वास्थ्य चौकीलाई आवश्यक वाइनाकुलर माईक्रोस्कोप, बाटर वाथ डिजिटल, हट एयर ओभन, सेमी अटोमेटिक एनालाईजर वायो केमेष्ट्री, ग्रामस स्टेएन, रेगेटेन्स एक्युरेक्स र रेफ्रिजेरेटर एक एक थान सहयोग गरेका हुन् ।

एक कार्यक्रमको आयोजना गरि बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष टंकवहादुर थापाले स्वास्थ्य चौकीका इन्चार्ज शर्मिला डंगोललाई सामाग्री हस्तान्तरण गरेका हुन । फाउण्डेशनका प्रतिनिधि रश्मी तामाङ, नेपाल हाईलाईट्सका चार्टर प्रसिडेन्ट विनोद सडौला र सदस्य इश्वर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

जिल्लाको दक्षिणी भेगको विकटमा रहेको उक्त स्वास्थ्य चौकीले मेडिकल सामाग्रीको अभावमा उपचार सेवा दिन नसक्दा यस भेगका बिरामी उपचार सेवाबाट बञ्चित रहनु परेको अवस्थालाई ध्यानमा राखि सहयोग प्रदान गरिएको लायन्स क्लव अफ नेपाल हाईलाइटसले जनाएको छ ।

२०७५ माघ २३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट