Fri. Mar 29th, 2024

धादिङका विभिन्न पालिकाहरुमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

२१ मंसिर, धादिङ –

छिमेक लघुवित्त वित्तीय सस्था धादिङवेसीको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

मंसिर १७ गतेदेखी २० गतेसम्म निलकण् २ सोह्रघर ज्वालामुखी १ साँदभन्ज्याङ र नलाङको ठाँटीमा र निलकण्ठ ३ धादिङबेसीमा संचालन भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
बैङकका सदश्य तथा अबिभावकहरुलाई दिएको उक्त कार्यक्रममा जीवनचक्रका आधारमा पैसाको महत्वका बारेमा जानकारी गराएको थियो ।

वित्तीय साक्षरताको बारेमा ज्ञान हुनुपर्छ भन्ने उदेश्यका साथ सो कार्यक्रमको संचालन गरिएको छिमेक लघुवित्त वित्तीय सस्था धादिङका साखा अधिकृत मेघराज पन्तले जानकारी दिए ।
क्षेत्रिय कार्यलयका प्रेम नयजु, दिपक पाण्डे र मेघराज पन्तले उक्त कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

२०७५ मंसिर २१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: