Today: October 23, 2018

आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक: मन्त्री लामा


२३ बैशाख,  धादिङ –

प्रदेश नम्बर ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले मुलुकमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको जनाउँदै आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताएका छन् ।

धादिङमा आयोजित आर्थिक बर्ष २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रस्तुती,अन्तरकृया एबंम तथ्याड्ड संकलन कार्यक्रममा बोल्दै उनले भने, “जैविक विविधताले भरिपूर्ण देशमा कृषिको प्रचुर सम्भावना छ, कृषि उत्पादन निर्वाहमुखि बनाउनुपर्छ ।” विज्ञहरुसँग सुझाव लिएर राम्रो योजना निर्माण गरिने बताउँदै मन्त्री लामाले केही बर्षभित्र कृषि उत्पादनलाई निर्यातमुखी बनाइने प्रतिबद्धता व्यक्त गरे । नेपाल कृषि प्रधान देश भए पनि यहाँ कृषि क्षेत्रको समुचित विकास हुन नसक्दा त्यसको आयातका लागि ठूलो धनराशि विदेशिने गरेकामा उनले चिन्ता व्यक्त गरे ।

अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको तर्क गर्दै उनले कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए । ‘आयात र खरिद मात्रै हुनु दुखद हो । त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ’, लामाले भने । विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ । कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताए । “जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।”

मन्त्री लामाले भूमि व्यवस्थापनका लागि प्रदेश सरकार नीति निर्माणको चरणमा रहेको भन्दै छिट्टै पुर्णता पाउने बताए । सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने विषयमा पनि आफू गम्भीर भएको मन्त्री लामाको तर्क छ ।

२०७५ बैशाख २३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट