Today: October 23, 2018

आर के रम्तेलको प्रस्तुतीमा बिष्णु माझिको ‘लायक छैन धर्ती’ बजारमा (भिडियो सहित)


२१ बैशाख,  धादिङ –

 

गीतकार आर के रम्तेलको मार्मिक शब्द तथा लोकप्रिय गायिका विष्णु माझी र मनोज शर्माको सुमधुर आवाजमा लायक छैन धर्ति “ बोलको गीत बजारमा आएको छ ।

गीतमा किशोर खत्री र गीता श्रेष्ठको अभिनय रहेको छ । भने खत्रीको यस भिडियोमा अलि फरक धारको अभिनय पनि देख्न सकिन्छ । गीतमा माया प्रेमलाई बिषय बस्तु बनाइएको छ । उतिनै उत्कृष्ट शब्द र भिडियो पनि उतिनै उत्कृष्ट बनेको छ।

विगतका आफ्नो सिर्जनालाई सबैले माया गरिदिएको बताउदै गीतकार आर के रम्तेल ले यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफु आशावादी रहेको बताएका छन् ।

केशव सापकोटाले लय सिर्जना गरेको सो गीतमा चर्चित गायिका बिष्णु माझी र मनोज शर्मा ले सुमधुर स्वर भरेका छन छ । गीतको सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेका छन्।

भिडियो हेर्नुहोस्

२०७५ बैशाख २१ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट