Today: January 19, 2019

धादिङबेसीमा हुने घले जातिको ल्होसरको सम्पूर्ण तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने


३० पुस, धादिङ –

यहि माघ १ गते सदरमुकाम धादिङबेसीमा हुने लिःल फङ घले समूदायको ल्होसर पर्वको सम्पूर्ण तयारी पूरा भएको आयोजक समिति घले ल्होसार मूल आयोजक समितिले जानकारी दिएको छ । धादिङबेसीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।

ल्होसर पर्वको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गर्ने कार्यक्रम रहेको पनि आयोजकले जानकारी दिएको छ । कार्यक्रम अन्र्तगत मंगलबार बिहान १०ः३० बजे धादिङबेसी पुछारबजाबाट झाँकी सहितको ¥याली, चौरीघोडा नाच, लामा नाच लगायतका प्रस्तुतीहरु रहने खुल्लामन्चमा गएर विविध साँस्कृतिक कार्यक्रम रहने अध्यक्ष दिनेश घलेले जानकारी दिए ।

घले जातिको मूख्य पर्वको रुपमा मानिने ल्होसर पर्वको अवसरमा देशका विभिन्न जिल्ला तथा विदेशबाट पनि सहभागी हुने आयोजित कार्यक्रममा जानकारी दिएको छ । घले जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूचिमा समाबेश छैन । २०६८ सालको जनगणना अनुसार देशभर घलेहरुको जनसंख्या २२ हजार ८ सय ८१ रहेका छन् । अघिल्लो वर्षमा भएका नराम्रा विषयलाई भुलेर आगामी नयाँ वर्षमा नयाँ काम गर्ने अवसरको रुपमा घलेहरुले यो पर्व मनाउने गरेका छन् ।

बाइसे/चौबीसे राज्य हुदाँ घलेहरु यसै दिनदेखि राजा फेरिने परम्परा थियो । तर अहिले सशुकृत नगरेको घलेहरुको भनाई छ । ल्होसर पर्व मनाउन देशभरका ३६ जिल्ला र १७ देशका घलेजातीका प्रतिनिधिहरुको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

२०७५ पुस ३० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट