Thu. Mar 28th, 2024

धादिङको सुनौलाबजारमा रहेको भैरवी मन्दिर संरक्षण गर्न महायज्ञ, तयारी तीब्र

११ माघ, धादिङ –

धादिङको ऐतिहासिक तथा धार्मिक स्थलको रुपमा परिचित भैरवी मन्दिरको संरक्षणका लागि महायज्ञको आयोजना गरिएको छ ।

जिल्लाको नीलकण्ठ नगरपालिका –६ सुनौलाबजारमा रहेको भैरवी मन्दिरको पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ज्ञानमहायज्ञको आयोजक भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिले जानकारी दिएको छ ।

माघ १३ देखि २१ गतेसम्म संचालन हुने श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको समितिका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा पण्डित कपिलदेव भट्टले वाचन गर्ने समितिले जनाएको छ । भने महायज्ञमा १ लाखदेखि १० लाखसम्म दान गर्ने व्यक्ति वा समूहलाई भव्य स्वागत, ३ पुस्ते शिलालेखमा नामांकरण तथा सम्मान पत्रले सम्मान गरिने छ ।

 

२०७५ माघ ११ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: