Fri. Mar 29th, 2024

मैदी ईन्भेष्टमेन्ट ग्रूपको प्रथम साधरण सभा सम्पन्न

२८ माघ, धादिङ

मैदी ईन्भेष्टमेन्ट ग्रूप प्रा.लि. को प्रथम साधरण सभा सम्पन्न भएको छ । प्रदेशसभा सांसद डा. रामकुमार अधिकारीको आतिथ्यतामा काठमाडौमा सम्पन्न भएको हो । वर्तमानमा सही ठाउँमा गरिएको लगानी भविष्यको बिमा हो भन्ने विश्वासका साथ यूवाहरुको टिमद्धारा संचालित मैदी ईन्भेस्टमेन्ट ग्रूपले स्वदेश तथा विदेशमा रहेका मैदेली यूवाहरुको लगानीलाई एकिकृत गर्दै स्वदेशमा उद्यमशीलता विकास गर्ने मुख्य उद्देश्य लिएको छ ।

सकारात्मक सोंचका साथ सामुहिक विश्वासमा अगाडी बढ्ने प्रतिबद्धता ग्रूपको संचालक समितिका अध्यक्ष हरी श्रेष्ठले बताए । एक थुकी सुकी सय थुकी नदी भनेझै एक्लै गर्न नसकिने कामहरु समूहिक रुपमा गर्न सहज भएको कुरा उपस्थित शेयर सदस्यहरुले बताएका थिए । साधारण सभामा शुभकामना दिदै प्रदेश सांसद डा. रामकुमार अधिकारीले यूवाहरुको रचनात्मक भूमिका आवश्यक रहेको बताए । कार्यक्रममा उनले छरिएर रहेको लगानीलाई एकिकृत गर्दै उत्पादनमूलक क्षेत्रमालगानीगर्न आव्हानगर्नुका साथै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ग्रूपले हाल मैदीमा निजी विद्यालय, काठमाडौमा अण्डा बिक्री केन्द्र र विभिन्न कम्पनीको शेयर खरिदमा लगानी गरिरहेको छ । साथै सदस्यहरुलाई ऋण पनि उपलब्ध गराउदै आएको छ । अब छिट्टै किसानहरु संग मिलेर लेयर्स कुखुरा पालन व्यवसाय सुरु गर्न लागेको र अन्य व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा लगानीको योजना बनाईरहको कुरा ग्रूपको अध्यक्षले बताए ।

आजको लगानी भोलीको सुरक्षा हो भन्ने कुरालाई मध्यनजर गर्दै आफ्नो क्षमता अनुसार लगानी गरेर ग्रूपको सदस्य बन्न सबैलाई अनुरोध गरिएको थियो । साधरण सभाले अगामी कार्यकालको लागि सात सदस्यीय संचालक समिति सर्बसम्मत चयन गरेको छ ।

२०७५ माघ २८ गते

About The Author

Loading...

अन्य समाचारहरु: