Today: November 18, 2018

रसुवा र धादिङको सीमामा निर्माण भइरहेको माथिल्लो मैलुङ ए जलविद्युत आयोजनाको निर्माण कार्य चार महिनादेखि ठप्प


७ कात्तिक, धादिङ –

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत आयोजनाको निर्माण कार्य चार महिनादेखि ठप्प भएको छ ।

वर्षा र चाडपर्वको कारण आयोजनाको काम अवरुद्ध भएको हो । आयोजनाको काम असारदेखि रोकिएको प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीले बताए। आयोजनाको निर्माण कार्य तिहार सकिएपछि सुरु गरिने बताइएको छ ।

६।४२ मेगावट क्षमताको आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको छ । वर्षाको समयमा र हिउँ पर्ने समयमा आयोजनाको निर्माण कार्य अवरुद्ध हुने गरेको उनले बताए। असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ ।

९ सय ३० मिटरमध्ये झण्डै तीन सय मिटर पेनस्टक जोड्न बाँकी छ । तीन हजार आठ सय ४० मिटर हेडरेसमध्ये ६० मिटर मात्रै निर्माण बाँकी रहेको आयोजनाले जनाएको छ ।

२०६९ सालदेखि निर्माण सुरु भएको आयोजना रन अफ रिभर प्रणालीमा निर्माण भइरहेको छ । आयोजनाले हिउँदको समयमा पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने बताइएको छ ।

२०७५ कात्तिक ७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट