Fri. Mar 29th, 2024

रुसी अपरेटरसँग संघर्षरत छु, यो हतियारको दौडजस्तै हो : मार्क जुकरबर्ग

२८ चैत, काठमाडौं

 फेसबुकका सीईओ मार्क जुकरबर्गले सामाजिक सन्जालको फाइदा उठाउने रुसी अपरेटरहरुसँग आफूले संघर्ष गरिरहेको बताएका छन् । उनले यसलाई हतियारको लडाइँ जस्तै भएको बताएका छन् ।

अमेरिकी सिनेटरहरुसँगको छलफलमा जुकरबर्गले भनेका छन्, ‘यो हतियारको दौड जस्तै हो । उनीहरु बलियो हुँदैछन् ।’

क्याम्ब्रिज एनालिटिकाबाट फेसबुकका डाटा चोरी भएको विषयमा छलफल गर्न अमेरिकी सिनेटमा जुकरवर्गलाई बोलाइएको थियाे ।

जुकरबर्गले रुसमा फेसबुक र इन्टरनेट सिस्टमलाई शोषण गर्ने केही व्यक्तिहरु रहेको बताए ।

फेसबुकका करोडौं प्रयोगकर्ताका गोप्य जानकारी चोरी हुनुमा आफ्नो गल्ती रहेको पनि उनले स्वीकार गरेका छन् । तर फेसबुकप्रतिको विश्वासलाई जोगाउन धेरै सुधारको काम गरिरहेको पनि उनले बताएका छन् ।

‘यसमा मेरो गल्ती छ । हामीले पर्याप्त जिम्मेवारी निर्वाह गरेनौं, मलाई यसमा अफसोस छ,’ जुकरबर्गले भनेका छन् ।

उनले फेसबुक प्रयोगकर्ताको सुरक्षाका लागि नयाँ ‘टुल्स’ विकास गरिरहेको जानकारी दिए ।

यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला ति डाटा चोरी भएको अनुमान छ ।

यसमा राजनीतिक परामर्श दिने संस्था क्याम्ब्रिज एनालिटिकाले अवैधरुपमा डाटा चोरी गरेको फेसबुकको आरोप छ । यसअघि जुकरबर्गले क्याम्ब्रिज एनालिटिकाले आफूलाई विश्वासघात गरेको बताएका थिए ।

२०७४ चैत २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: