Fri. Mar 29th, 2024

धादिङको ढोलामा माटो परिक्षण शिविर, ८ सय किसानले जँचाए खेतबारीको माटो


८ चैत, धादिङ –

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ ढोलामा माटो परिक्षण शिविर संचालन गरिएको छ । अधिकाँश ब्यक्ति कृषिमा निर्भर रहेपनि कृषिजन्य पदार्थहरुको उत्पादनमा ह्रास आइरहेका बेला ४ नम्वर वडा कार्यलयले ‘कृषि कर्म इच्छाले होइन, शिक्षाले गरौँ’ भन्ने नाराका साथ आफ्नो वडाका सवै कृषकहरुको माटो परीक्षण गराएको छ ।

वडाबासीको जिविकोपार्जनको स्रोत कृषि भएपनि पछिल्लो समय उत्पादनमा ह्रास आउन थालेपछि माटोको अवस्था पत्ता लगाउन र के कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परिक्षण गरिएको ४ नम्वर वडा कार्यलयका अध्यक्ष कृष्ण गुरुङले बताए ।

फागुन महिनाभर ४ नम्वर वडा अन्तरगत साविकको ढोला गाविसको टोल टोलमै पुगेर ८ सय भन्दा बढी किसानहरुको माटो परिक्षण गरिएको थियो । प्रयोगशालामा गएर आँफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण गाउँमै सेवा दिनको लागि वडा कार्यलयले माटो परीक्षण शिविर आयोजना गरेको गुरुङले बताए ।

माटो परीक्षणको समग्र रिपोर्ट विश्लेषण गर्दा माटोमा अम्लियपना बढी रहेको पाइएको छ । जसमा क्रमशः पिएच ४.०–५.०, प्राङगारिक पदार्थ कमदेखी मध्यम, नाइट्रोजन कम देखी मध्यम, फोस्फरस मध्ययम देखी उच्च, र पोटास उच्च रहेको पाइएको छ । माटो परीक्षणका संलग्न विज्ञ सरीता कोइरालाका अनुसार किसानले क्रमश गाइ बस्तु पाल्न छाडेको, कम्पोष्ट मल पनि नवनाउने भएकाले माटोमा प्राङगारिक पदार्थ घट्दै गएको हो ।

त्यस्तै खेती गर्नुभन्दा १–२ महिना पहिल्यै बारीमा मल लगेर राख्ने, उपयुक्त बाली चक्र नअपनाउने भएकाले माटोमा नाइट्रोजन कमी हुने गरेको कोइरालाले बताइन् । त्यस्तै बढ्दै गएको रासायकि मलको प्रयोगले पनि माटो अम्लियपना बढेको उनले बताइन् ।

२०७५ चैत ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: