Today: June 21, 2018

मौरीको घारले सजिएको घर


१२ फागुन,  धादिङ –

३ तले पक्की घर, घरको बरन्डाभरी मौरीको घार नै घार । सडकबाट झलक्क हेर्दा सजावटका लागि राखे जस्तो देखिने धादिङबेसीको यो घर नारायण घिमिरेको हो । घरको बरण्डामा टनक्क मिलाएर काठको बक्साभरी मौरीका घारहरु राखिएका छन् । उनले बर्षाैदेखि सदरमुकाम धादिङबेसी स्थित शान्तबजारको आफ्नै घरमा यसरी नै मौरी पाल्दै आएका छन् । नेपाली सेनाको जागिरबाट रिट्याएर लिएर घर फर्किएका घिमिरेले अहिले मौरी पालेर मनग्य आम्दानी लिन थालेका छन् । १५ वर्ष यता मौरीपालनलाई नै मुख्या पेसा बनाउँदै आएको नारायण बताउँछन् । थोरै लगानी र कम मेहनतमा धेरै फाइदा लिर्दै आइरहेकी छु नारायणले भने, ‘आम्दानीको स्रोत नै अहिले मौरी व्यवसाय भएको छ ।’

३ तले पक्की घरको हरेक वरण्डा र छतमा १ सय ५० वटा मौरीका घारहरु छन् । उनले वर्षौ अघिदेखि सदरमुकाम धादिङबेसीस्थित शान्त बजारको आफ्नै घरमा मौरी पाल्दै आएका छन् । सुरुमा ५, ६ वटा घारबाट मौरी पाल्न सुरु गरेका उनले अहिले घर भरी नै छपक्कै मौरीका घारहरु राखेका छन् । उनले नारायणसँग हाल १ सय १० ओटा आधुनिक घार छ । एक मानो महको ६ सय रुपैयासम्ममा मह बिक्रि गर्ने गर्दछन् । मासिक २ लाख रुपैया बराबरको मह बिक्रि हुने गरेको उनले बताए । मौरी पालन सुरु गर्छु भन्ने किसानहरुलाई घारै समेत बेच्ने गरेका छन् । मह बिक्रिबाट भएको आम्दानीले २ छोरा र २ छोरीको पढाइ खर्च र परिवारको खर्च धानेको छ । बिक्रिको लागि समस्या हुँदैन नारायणले भने, ‘मह बेच्न कहि जानु पर्दैन किन्ने मान्छे घरमा नै आउँछन् ।’ मह किन्न मानिसहरु पहिल्यै नै अर्डर गरेर घरमा नै लिन आउने गरेका छन् । खेर जाने फूलका रसहरुको सदुपयोग गर्न, वरिपरीका बोटबिरुवामा परागसेसन गराएर राम्रो र रसिलोफल फलाउन सकिने भएकोले यस्तो पेशा रोजेको उनले बताए ।

पैसा कमाउन कि त जागिर नै खानु पर्छ, की ठूलै लगानी देखाउनुपर्छ नत्र बिदेशिनु पर्छ भन्ने कुरालाई चिर्दै नारायण घिमिरे उदाहरणीय मौरी पालक कृषक बनेका छन् । सुरुमो मौरी पालन सम्बन्धि तालिम र कार्यक्रममा सहभागी भएका थिए । त्यसले आफूलाई मौरी पालन गर्ने उर्जा थपिएको बताए । नारायणसँगै उनका श्रीमती अम्बिका घिमिरेले पनि मौरी पालन व्यावसायमा साथ दिएकी छन् । घरभरी रहेका मौरीका घार हेर्न भनेर मानिसहरु झुम्मिने गरेकोे अम्बिका बताउँछिन् । अहिलेका मानिसहरु यस्ता पेशा गर्न रुचाउँदैनन् अम्बिकाले भनिन्, ‘स्वदेशमै सुन फल्छ ।’ युवाहरुलाई विदेश जानुभन्दा स्वदेशमै यस्ता व्यवसायले आय आर्जन गर्न सुझाव दिन्छिन् । जिल्ला कृषि विकास कार्यालय धादिङले प्रदान गरेको युवा लक्षित अनुदान कार्यक्रमले पनि थप हौसला प्रदान गरेको अम्बिका बताउँछिन् । मौरीबाट निर्माण भएको महबाट बढी पोषण तत्व पाईने भएपछि मानिसहरुले चोटपटक लागेको बेलामा कामजोर भएको बेला मह खाने गर्दछन् ।

धादिङको नलाङ, जोगिमारा, नौविसे, मैदी, ढोला, नीलकण्ठ जस्ता गाउँ विकास समितिका किसानहरुले मौरी पालन गरेर प्रशस्त लाभ लिगिरहेका छन् । सुरुमा आफैले मौरी पाल्न सुरु गरेको भएतापनि जिल्ला कृषि कार्यलयले पछि भनेको बेलामा घार उपलब्ध गराएर, युवा लक्ष्यित अनुदान दिएर सहयोग गर्दै आइरहेका छन् । समय समयमा तालिम तथा कार्यक्रममा सहभागी भएर पनि मौरीको हेरचाह्रको बारेमा राम्रो जानकारी पाएको किसानहरु बताउँछन् ।

धादिङमा खासगरी एपीबी र सेरेना जातको मौरीको व्यवसाय गर्ने गरिन्छ । जिल्ला कृषि विकास कार्यलयले किसानहरुकै आवश्यकतालाई मध्यनजर गर्दै न्यूटन बी मौरीको घार वितरण गरिरहेका छन् । कृषि विकास कार्यलय धादिङले आर्थिक वर्ष २०५४/०५५देखि जिल्लामा पहिलो पटक २५ वटा उन्नत मौरीको घार वितरण गरी आधुनिक तरिकाले मौरी पालन कार्यको सुरुवात गरेको थियो । अहिले किसानहरुले सोचे भन्दा राम्रो आम्दानी गर्न थालेपछि उन्नत जातको घारको माग बढेको कार्यालयले जनाएको छ ।

२०७४ फागुन १२ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट